१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
मोटरसाइकल दुर्घटनामा परी एक जना बालकको मृत्यु, एक जना घाइते – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मोटरसाइकल दुर्घटनामा परी एक जना बालकको मृत्यु, एक जना घाइते

सर्लाही,२५ असोज । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक जना बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । मृत्यु हुनेमा हरिपुर्वा नगरपालिका वडा नं. ९ बस्ने १४ वर्षिय रितेश राय यादब रहेको छ ।

गए राती हरिपुर्वा नगरपालिका–९ खिला टोल स्थित भित्रि सडक खण्डमा श्रीनगर बाट खिला टोल तर्फ जाँदै गरेको प्रदेश २–०२–००३प ३४९४ नम्वरको मोटरसाइकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ३५ वर्षिय बेचन राय यादव र मोटरसाइकलकै पछाडी सवार यादवकै छोरा रितेश गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते रितेशको उपचारको लागी बिराटनगर न्यूरो अस्पतालमा गए राति पौने १ बजे नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी बिजय यादवले जानकारी दिनुभयो ।

मृत्क रितेशको शव न्यूरो हस्पिटल विराटनगरमा नै रहेका डिएसपी यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.