१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रुपान्तरण कक्षा सम्बन्धि १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

रुपान्तरण कक्षा सम्बन्धि १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु

सर्लाही,२५ असोज । सर्लाहीको लालबन्दी नगरपालिकामा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र लालबन्दी शाखाले १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । युनाईटेड होटलको सभाहलमा सुरु गरिएको १० दिने प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो र हरिपुर्वा नगर प्रमुख बिनोद साहले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

प्रशिक्षक प्रशिक्षण तालिममा हरिपुर्वा,चन्द्रनगर,पर्सा र ब्रह्मपुरी गाउँपालिकाका रुपान्तरण सहजकर्ताहरुलाई आज देखि निरन्तर रुपमा १० दिन सम्म तालिम संचालन गरिने राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिए । तालिम अवधीभर चार वटै पालिका गरि ३० जना सहभागीहरुलाई रुपान्तरण कक्षा दिईने संरक्षण संयोजक साहले बताए ।

अष्ट्रेलियन एड, ह्याण्डीक्याप इन्टरनेशनल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, वर्ल्ड एजुकेशन, वर्ल्ड भिजनको सहकार्यमा संचालन गरिएको तालिममा १९ लाखको लागतमा सहजकर्ताहरुलाई रुपान्तरण कक्षा सम्बन्धि दक्ष बनाईने राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले जनाएको छ ।

रुपान्तरण लाईफ स्किल कार्यक्रम चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोको सल्लाह सुझाव अनुसार राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले चार वटै पालिकाको लागि २९ लाख बजेट छुटयाएर कार्यक्रम लागू गरेको संरक्षण संयोजक साहले जानकारी दिए ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले अहिलेको युवाहरूमा जीवन उपयोगी सिपमुलक शिक्षाको अभाव रहेको बताए। समान्य अौपचारिक शिक्षाले मात्र युवाहरू रोजगारी सिर्जना हुदैन, जीवन उपयोगी शिक्षाले मात्र रोजगारी सिर्जना हुने अध्यक्ष महतोले बताउनुभयो ।उहाले तालिममा सहभागी सहजकर्ताहरुलाई गम्भीर भएर सिकाई प्रक्रिया अगाडी बढाउन अनुरोध समेत गरे ।

हरिपुर्वा नगर प्रमुख साहले मन्त्वयको क्रममा सिकाई परियोजनाले हरिपुर्वामा ठुलो परिवर्तन भएको बताए ।राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले हरिपुर्वा नगरपालिका उल्लेख्य कार्य गरेको छ आफुले पनि नगरको तर्फ बाट सहकार्य गर्ने बताए ।

उद्घाटन कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिंग, हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, चन्द्रनगर गाउँपालिकाक अध्यक्ष महतोका स्वकीय सचिव उमेश कुमार साह ,प्रशिक्षक बिन्दु बराल, वर्ल्ड भिजनका प्रतिनिधि चन्द्र बहादुर माेक्तान, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका प्रतिनिधि आदीत्य पट्टेल लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.