३१ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जयशंकरले बाडेको ज्ञान र बिद्यार्थीले प्राप्त गरेको अबिनासी दक्षिणा – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

जयशंकरले बाडेको ज्ञान र बिद्यार्थीले प्राप्त गरेको अबिनासी दक्षिणा

भक्ती रिजाल

 सर्लाही । झिसमिसेमा पुर्बबाट चिहाएको उज्यालोलाई  साक्षी राखेर लम्किएका पाइला सल्लेरिमा सुस्ताए जस्तै गरी उनले शिक्षा मात्रै दिएनन् संग-संगै अथाह अनुसरण योग्य अबिनासी अनुशासन र बिबेक पनि दिए, जुन ऋषीमुनिहरुले शिष्यलाई प्रदान गर्थे ।

अधेरीसंगै पधेंरीमा छुनमुनाएका आमाहरुका हातले दिब्यता अर्पिएको सुनौलो बिहान आँखाभरी कचेरा उमारेर श्री महादेब जनता नमुना उच्च माध्यमिक बिधालयमा पढ्न आएका नानीहरुलाई  आंखिझ्याल पखाल्न सिकाउने उनको महानता सायदै कसैले बिर्सिन सक्छन्  होला ?,

क्यानखोला भन्दा पारिको भञ्ज्याङ्बाट गोरेटो  बाटो हिडेर मधेस झरेको पहाडी लवज, मगज अनि सादा कागजमा मसी भरेर आज ब्रम्हाण्ड सयर गर्न लायक बनाउने युगिन शरीर बूढो भयो होला तर उ बेलाको बाल मस्तिष्कमा गडेको उज्यालो ज्योति जहिले पनि सुधुर क्षितिजबाट गुरु पुकारी रहने छ ।

धिमिले डाडाबाटओर्लिएको एउटा अल्लारे आज बिश्वका सबै द्वार, गल्छि अनि गल्लिमा शिर ठाडो पारेर हिंडी रहेको होला ।

उनले श्रीगणेश: गरेको सानो श्री माहादेब बिधालय आज ठूलो भएको छ । ज्ञानको ज्योति बिश्वभरी फैलाउन सक्ने श्री महादेब जनता नमुना उच्च माध्यमिक बिद्यालय हुन पुगेको छ ।

शिक्षासेबी जय शंकर सिंह एउटा यस्तो उज्यालो लिएर हरिवनमा उदाए, शिक्षा र चेतनाको स्तर भर्खर उज्यालिदै थियो ।

जसलाइ गतिलोसंग पक्रेर जतन गरी माथि निलगिरी सम्म पुर्याउन सफल भए । त्यो जय शंकरले दिएको र हामीले पाएको अमुल्य नासो हामी सामु सुरक्षित छ ।

बिहानीको झिसमिसेमा उठेर भुतभुते भुङ्ग्रोमा पाकेको बाक्लो रोटी बोकेर बिद्यालय पढ्न आउने शिष्यहरु आज संसारभरि नाम, दाम र ख्याति बटुलेर  गौरबका साथ उभिएका होलान !”

त्यही संसारलाई चिनाउने बूढो बिधालय र त्यसका सारथी जयशंकरहरु आस्थाको मियो बोकेर यतै कतै ठिङ्ग उभिएका हामीलाई आभास हुन सक्छ ।

जसले समाजलाई  बाङ्मय, सिकाए, विज्ञान, राजनीति, अर्थशास्त्र सिकाए र समाजशास्त्र पनि सिकाए; “जसलाई  समाजले अलौकिक सम्पत्ति सम्झने छ ।

कुन उद्देश्य पूरा गर्नका निम्ति  श्री महादेब जनता नमुना उच्च माध्यमिक बिधालय पढियो, लेखियो, त्यो कुरा सधैंका लागि बहसको मुख्य विषयवस्तु बन्यो कि बनेन सभ्यताका चिन्तक, विद्वान् र अध्येताहरुका ज्ञान र आदर्श बुझ्न पर्याप्त भयो कि भएन ।

हामीले पढेको श्री महादेब जनता नमुना उच्च माध्यमिक बिधालयको शिक्षा मार्फत पश्चिमा संस्कृतिका अन्वेषकहरु पढियो कि पढिएन ? बिज्ञान र ब्रह्माण्ड बारे खोज तलास गरियो कि गरिएन ? घट्ना र परिघट्नाको द्वन्द्वात्मकता बारे फरक–फरक धारणा प्रकट गरियो कि गरिएन ?

यो शृजनात्मकताको पाटो भयो । आज हामीले आर्जन गरेको ज्ञान, सीप र दक्षता पूरक बन्न सक्यो कि सकेन भन्ने कुरा महत्वपपूर्ण हो ।

त्यसका सारथि जयशंकर  `बिएसी, सर समाजका धरोहर हुन जसलाई  हामीले संरक्षण र सम्बर्द्धन  गर्न सक्यौ भने उहाँ प्रति  सच्चा सम्मान ठहर्ने छ ।

रौतहट जिल्लाको सरुहट्ठा हालको यमुनामाइ गाउँ पालिका वडा नम्बर ४ मा जन्मिएका जयशंकर अथवा बिएसी सरले शिक्षण सेवाको सुरुवात सर्लाहीको पूर्ब उत्तरमा रहेको कालिन्जोरको डिम जनता बिधालयबाट गरेका थिए ।

२०५२ सालबाट हरिवनमा रहेको श्री महादेब जनता नमुना  माध्यमिक बिधालयमा औपचारिक रुपमा प्रबेश गरेका बिएसी सरको यात्र कालान्तरमा एउटा बैभबपूर्ण उचाइ मापन गर्न पुग्यो जुन कुरा आज हाम्रा सामु जगजाहेर छ ।

उनै जयशंकर सिंह यहि पुस १७ गतेबाट शिक्षण पेशा बाट सेवानिबृत्त हुँदै छन्  । एउटा निडर सेवकले शैक्षिक क्षेत्रबाट औपचारिक बिदाइ लिदै गर्दा  शिक्षा क्षेत्रका मियो, जयशंकरको अभाबलाई  सहज अबतरण गर्न अर्को टिम तयार आवश्यक  भएको छ । जसलाई  जयशंकर सिंह अर्थात्  बिएसी सरको आशिर्वाद  सम्झनु उचित होला ।

आजको अबस्थामा आइपुग्दा ।

आजको अबस्थामा आइ पुगेको श्री महादेब जनता नमुना माध्यमिक बिधालयलाई नमुना बनाउन सानो प्रयास पर्याप्त थिएन जयशंकर सर सम्झन्छन् ; “नमुना बिध्यालय बनाउन धेरै मेहेनत र दृढ इच्छा शक्तिको प्रयोग भएको थियो  । सामाजिक राजनीतिक क्षेत्रका ब्याक्तित्व, अभिभावक, पत्रकार तथा बिधालय परिवारले गरेको अथक प्रयास र लागानीलाई कदापि भुल्न सकिदैन ।

त्यसैगरी हरिवन नगरपालिकाका अहिलेका मेयर रमेश बुढाथोकीको योगदानलाई कुनै पनि अर्थमा मेटाउन  सकिदैन ।

बिगतलाइ सम्झिदै सिंह भन्छन् ; `नमुना बनाउने क्रममा तत्कालीन जिल्ला शिक्षा अधिकारीले पटक-पटक प्राबिधिक शिक्षा लिन आग्रह गर्दा पनि मेयर बुढाथोकीले नमुना बिद्यालयको बारेमा आफ्नो अडान नछोडेका कारण आज महादेब यो स्थानमा पुगेको सिंहको भनाइ छ ।

त्यसैगरी बिद्यालयलाई यो स्थान सम्म पुर्याउन यसै नगरका पूर्ब मेयर गणेश प्रसाइको पनि अतुलनीय योगदान रहेको उनी बताउछन् ।

जग्गा दाता प्रती ।

बिधालय स्थापना गर्ने क्रममा हरिवन निवासी स्वर्गीय रुद्र बहादुर थपलिया (बिहारी महाजन) ले ४ बिगाहा १७ कठ्ठा जग्गा प्रदान गरेसंगै श्री महादेव जनता नमुना माध्यमिक बिद्यालय फड्को मार्न सफल भएको स्थानीय बताउंछन् । अन्य जग्गा दाताहरुमा इन्द्रप्रसाद मैनाली, शारदा शमशेर राणा, शमशेरबहादुर भण्डारी, रामचरित्र सुँडी, पुन्यप्रसाद भट्टराई, लघुमाया मास्के, सिंहबहादुर राय,  बैधनाथ लालकर्ण, जगतबहादुर भ्लोन, बुद्धिमान कुसुवार लगायतका ब्यक्तिहरुको सामाजिक शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको पाइन्छ ।

शिक्षा सेबीहरु  ।

त्यसैगरी तत्कालीन अबस्थामा बिद्यालयलाई सहयोग गर्ने सहयोगी मनहरु, नयनबहादुर केसी, बुद्धिप्रसाद दहाल, पुन्यप्रसाद भट्टराई, भिमप्रसाद भट्टराई, कुल प्रसादभट्टराइ, चुडाबहादुर थापा, माधबप्रसाद घिमोरे तथा जितबहादुर कार्कीको सहयोगलाइ पनि बिर्सन सकिदैन ।

दुई हजार भन्दा बढि बिद्यार्थीले पठनपाठन गर्ने बिद्यालयको शिक्षा गुणस्तरीय रहेको र टाढा-टाढाका बिद्यार्थीको रोजाइमा महादेव पर्ने गरेको सिंहको भनाइ छ ।

 बिद्यालयमा अनलाइन सुबिधा उपलब्ध छ अभिभाबकहरुले  बिद्यालयको एप मार्फत बिद्यालयमा  पढिरहेका आफ्ना नानिहरुका गतिविधि हेर्न र बुझ्न् सक्ने प्रविधिको बिकास गरिएको छ ।

श्री महादेब जनता नमुना उच्च माध्यमिक बिधालयमा नमुना भएसंगै  लाइब्रेरी तथा साइन्स ल्याबको ब्यबस्था गरिएको छ ।

प्राबिधिक शिक्षा ।

बिद्यालयमा बाली बिज्ञान पढ्नेहरुको रोजाइ उत्साहजनक  छ । एउटा ब्याच निस्की सक्यो भने अर्को ब्याच पनि आशा लाग्दो रहेको छ ।  बिद्यार्थीहरुले पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत तरकारी  खेती गरेका छन्  ।

जस्मा – आलु, टमाटर, कागती, लिची,  भान्टा, खुर्सानी, च्याउ तथा सयपत्री फुलको आम्दानी लिने गरेको बिद्यालयले बताएको छ ।  त्यसैगरी आँप लिची र ड्रागन फुडका बिरुवा हुर्कदै गरेको बिद्यालयले बताएको छ ।

महादेवको शैक्षिक उत्पादन ।

महादेब बिधालय पढेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जीवनमा ख्याति कमाउनेहरु पनि धेरै छन् । राष्ट्रिय  फुटबल खेलाडी जुमनु राई यसै बिधालय पढेका हुन् ।

फिल्म निर्देशक प्रदिप भट्टराई  नायिका सृष्टि खड्का, अनेरास्ववियूकी केन्द्रिय अध्यक्ष आरती लामा,

सिप्रदी ट्रेडिङ्ग प्रा.लीका निर्देशक युबराज बुढाथोकी लगायत यसै बिद्यालयका उत्पादन रहेका प्रधानाध्यापक सिंहको भनाइ छ ।

श्री महादेब जनता नमुना माध्यमिक बिद्यालयमा अध्ययन गरेर बिश्वका कयौं मुलुकमा काम गर्दै  नाम र दाम कमाइ रहेका पूर्ब बिद्यार्थीहरुको सहयोग पनि श्री महादेब जनता नमुना माध्यमिक बिद्यालयका लागि उल्लेख्य रहेको छ । हाल अमेरिका रहेका ममिन्द्र कार्की त्यसैगरी जननी सैलेश फाउण्डेसन, रोनिस फाउण्डेसन, लगायतको सहयोग बिद्यालयका लागि अतुलनीय रहेको प्रधानाध्यापक सिंहको भनाइ छ ।

अन्त्यमा ।

शिक्षा क्षेत्रमा लामो योगदान गरेका एक जना कुशल गुरुको आत्मा बिस्वास सगरमाथा झै उचाइमा पुगोस हाम्रो शुभकामना छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.