२४ चैत्र २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वामा बाल क्लबद्वारा र्याली तथा वृक्षारोपण कार्यक्रम, १ सय विरुवा रोपियो – Nigrani Today
ताजा खबर

हरिपुर्वामा बाल क्लबद्वारा र्याली तथा वृक्षारोपण कार्यक्रम, १ सय विरुवा रोपियो

सर्लाहीको हरिपुर्वा नगरपालकिामा बाल क्लबद्वारा ¥याली तथा वृक्षारोपण कार्यक्रम गरिएको छ । वडा नं.९ स्थति बसन्तपुरमा, वसन्त बाल क्लबको आयोजनामा ¥याली तथा वृक्षारोपण कार्यक्रम गरिएको हो । वर्र्लड भिजन तथा बागमती सेवा समाज नेपालद्वारा सञ्चालति बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशीप परयिोजनाको सहयोगमा वातावरण र बालअधिकार, हामी सबैको सरोकार भन्ने मूल नाराका साथ ¥याली तथा वृक्षारोपण कार्यक्रम गरिएको बागमती सेवा समाज नेपालका परियाजना संयोजक प्रमेश बाँदेले जानकारी दिनुुभयो ।

कार्यक्रम अन्तर्गत जलवायु परविर्तनको असरलाई मध्यनजर गर्दै १ सय वटा विभिन्न प्रकारका फलफूलका विरुवा रोपिएको वसन्त बाल क्लबका अध्यक्ष नुरैन अंसारीले जानकारी दिनुुभयो । वातावरण संरक्षण र हरयिाली प्रवद्र्धन गर्न बाल क्लबका सदस्यहरू सक्रयि रुपमा वृक्षारोपणमा सहभागी भएका थिए । साथै, उहाले ¥यालीले समुदायमा हरयिाली बढाउने र बालबालिका तथा अभिभावकमा वातावरणप्रती चेतना फैलाउन मदत पुग्ने बताए ।

रविना चौधरी रुपान्तरण लिडर भन्नु हुन्छ,“ वातावरणसँग सम्बन्धित सचेतनामूलक ¥याली तथा बाल वृक्षारोपण कार्यक्रम एकदमै राम्रो लाग्यो । अहिले जताततै वातावरण विनास भएको छ । वनजंगल विनास हुँदैछ । कसैले पनि बोटविरुवा लगाउन ईच्छुक हुँदैन । यस्तो खाले कार्यक्रमले साना–साना बालबालिकालाई वातावरण तथा वृक्षारोपण महत्वको अन्तरबोध दिएको छ । साथै पछाडी परेको समुदायलाई पनि पर्यावरण संरक्षण गर्नु पर्छ भन्ने चेतना जगाउन सहयोग पु¥याउँछ ।

हरिपुर्वा न.पा. वडा नम्बर ९ का वडा अध्यक्ष सुरेन्द्र महतो भन्नु हुन्छ ,“बाल क्लबबाट वातावरण सम्बन्धिको ¥याली तथा वृक्षारोपण कार्यक्रम एकदमै सह्रानीय कार्य हो । यस्तो कार्यक्रमले वातावरण स्वच्छ हुनुको साथै समुदायका सबै वर्गलाई सचेत गराउँदै लैजान्छ । ” बाल क्लबका सदस्यहरुलाई अनुरोध गर्दै अध्यक्ष महतो जोड्नु हुनछ “अब तपाइहरुले मात्र वृक्षारोपण गरेर हुँदैन अभिभावकलाई समेत वृक्षारोपण सिकाउनु पर्छ ।”

वातावरण संरक्षणको लागि वडाबाट बजेट छुट्याउँने, र यदि वडाबाट पुगेन भने व्यक्तिगतरुपमा पनि वातावरण संरक्षको लागि सहयोग गर्ने अध्यक्ष महतोले प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

बोटविरुवाहरुलाई बालबालिका सरह माया गर्दै मलजल, संरक्षण र हुर्काउनको लागि बालबालिका तथा अभिभावकलाई हरिपुर्वा नगरपालिकाका नगर उप–प्रमुख सुमित्रा देवी ग्वारीनले अनुरोध गर्नु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button