१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
हरिपुर्वाका बालबालिकाले दिए प्रदेशसभा उमेद्वारलाई ध्यानाकर्षण पत्र – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुर्वाका बालबालिकाले दिए प्रदेशसभा उमेद्वारलाई ध्यानाकर्षण पत्र

सर्लाही ,५ कार्तिक। सर्लाहीको हरिपुर्वा नगरपालिकाका बालबालिकालाई प्रदेशसभा उमेद्वारलाई ध्यानाकर्षण पत्र दिएका छन । प्रदेश तथा संघीय सरकारका नीति तथा कार्यक्रममा बालबालिकाका सवाललाई घोषणापत्र÷व्यवहारमा कार्यान्वयन गर्न हरिपुर्वा बाल सञ्जालका अध्यक्ष अंगेश साह तथा उपाध्यक्ष साहिन खातुनले प्रदेश सभाका उम्मेद्वार विरेन्द्र प्रसाद अधिकारीलाइ ध्यानाकर्षण पत्र दिएका छन् ।

हरिपुर्वा बाल सञ्जालका उपाध्यक्ष साहिन खातुन भन्नु हुन्छ “ सबै बालबालिकाहरु पाउनु पर्ने अधिकार सुनिश्चित गर्नु पर्ने राज्यको दायित्व हो । यसमा विशेषगरी राजनीतिक दलका नेताहरुको विशेष भूमिका रहन्छ ।” हरिपुर्वा नगरपालिकामा रहेको विशेष गरि, बालबिवाह, गुणस्तरीय शिक्षा, लागु औषध दुव्र्यसन, बाल श्रम, बालबालिकाहरुको विकास तथा पालिका स्तरीय संरचनाहरुको बालबालिकाहरुको नेतृत्वदायी सहभागिताको लागि ध्यानाकषर्ण गर्नु भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.