१२ चैत्र २०८०, सोमबार | Email:- [email protected] | [email protected]
सहोडवा रत्न सम्मानबाट विभिन्न व्यक्तिहरु सम्मानित – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सहोडवा रत्न सम्मानबाट विभिन्न व्यक्तिहरु सम्मानित

सर्लाही,५ कार्तिक । सर्लाहीको बसबरीया गाउँपालिका वडा नं. ६ सहोडवामा सहोडवा रत्न सम्मान बाट विभिन्न व्यक्तिहरु सम्मानित भएका छन । शुक्रवार सहोडवा रत्न सम्मान कार्यक्रम समितिको आयोजना तथा नागेन्द्र प्रसाद साहको अध्यक्षतामा संचालित कार्यक्रममा सहोडवा रत्न सम्मान बाट सहोडवाका कर्मचारी उच्च शिक्षा प्राप्त गरेका र अध्यनरत छात्रा छात्र, पत्रकार, मानवअधिकारकर्मी लगायत विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राम सिहासन राय र उपाध्यक्ष सरिता साहले सम्मानित हुने व्यक्तिहरुलाई सम्मान पत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा सोहोडवा नारि शिक्षा सम्मान पुरुषकारबाट बन्दना कुमारी यादव, सृजना कुमारी साह, पिंकी कुमारी यादव , रबिता कुमारी यादव, अर्चना कुमारी यादव, पिंकी कुमारी साह,संजना कुमारी साह,श्रुती सुमन,निषा गुप्ता लगायत १२ जना यवतीहरु सम्मानित भएको थियो ।

सोहोडवा नारि शिक्षा सम्मान पुरुषकारबाट सम्मानित हुनेहरु एच ऐ, सिएमलटी, स्टाफ नर्स, अनमी लगायत विभिन्न विद्यामा अध्यनरत रहेको विद्यार्थीहरु रहेको कार्यक्रमको उदघोष संतोष कर्णले जानकारी दिनुभयो । त्यस्तै सहोडवा मेघाबी शिक्षा पुरुस्कारबाट १२ जना युवा, सहोडवा सम्मान बाट सहोडवा गाउँ विकास निर्माण कार्यमा सहयोग गर्ने संघ संस्था, विभिन्न व्यक्ति, पत्रकार तथा समजसेवीहरु सम्मानित भएका थिए ।

समजसेवा तर्फ राम चन्द्र राय, कला संस्कृती तर्फ संतोष कर्ण कृषि तर्फ रामानन्द साह, स्वास्थ्य तर्फ लक्षमण राय, उत्कृष्ट कार्य तर्फ राम बाबु सह, उच्च शिक्षा तर्फ पंकज कायस्थ र शिक्षा क्षेत्रमा राजेन्द्र राय लगायतको व्यक्तिहरु सहोडवा रत्न सम्मानबाट सम्मानित भएको आयोजकले जनाएको छ ।

यसैगरी सहोडवा रत्न सम्मानबाट विभिन्न सञ्चार गृहमा कार्यरत पत्रकारहरु पनि सम्मानित भएको छ । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वनाथ ठाकुर, नेपाल पत्रकार महासंघका सर्लाही शाखा सचिव सुनिल ठाकुर, रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियाली, रेडियो नेपाल कर्मी राकेश गुप्ता, नयाँ पत्रिकाका सांवददाता श्रवन थापा, कारोवार दैनिककर्मी राधेश्याम कुशवाहा, रेडियो बन्धनका प्रवन्ध निर्देशक निरज यादव लगायतको व्यक्तिहरु सम्मानित भएको सहोडवा रत्न सम्मान कार्यक्रम समितिले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.