समाजिक अभियन्ता सरोज राय पनि चुनावी मैदानमा
सर्लाही,१० कार्तिक । समाजिक अभियन्ता सरोज राय पनि चुनाबी मैदानमा हाम फालिनु भएको छ ।समाजिक अभियन्ता राय सर्लाही प्रदेशसभा क्षेत्र नम्वर ३ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका छन । रायले लालटिन चुनाव चिन्ह पाएका छन् ।
सामाजिक अभियन्ता राय समाजमा परिचित अनुहार हुन । उनले विदेशमा जेल जीवन विताइरहेका र मृत्यूदण्ड पाएका कैयौं नेपालीको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल भएका छन् । उनले भारतबाट समेत कैयौं नेपालीको उद्धार गरेका छन् ।
समाजिक अभियन्ता रायको प्रतिस्पर्धा समग्रमा हेर्दा (ख) प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसबाट हरेश महतो र जन्ता समाजवादी बाट उम्मेदवार बनेका संजय कुमार यादव बिच प्रतिस्पर्धा हुने भएको छ ।
अहिले सर्लाहीमा दलप्रतिको बितृष्णा बढदै गएको समयमा समाजिक अभियन्ता रायले स्वतन्त्र उम्मेदवारी दिए पछी रायको चर्चा क्षेत्र नं. ३ मा व्यापक हुने गरेको छ । क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन दल संघीय संसदका लागि नेकपा माओवादीबाट नरेन्द्र साहलाई टिकट दिएको छ भने प्रदेश सभा सदस्यीयको लागि (क) बाट एकीकृत समाजवादीबाट दिल्ली उप्रेती र (ख ) बाट नेपाली काँग्रेसका हरेश महतोलाई टिकट दिएर गठबन्धन दलले उम्मेदवार उठाएको छ ।
यसैगरी नेकपा एमाले र जसपाका गठबन्धन बाट संघिय सांसदमा एमाले बाट हरि उप्रेती, (क) प्रदेशमा एमलै बाट गणेश प्रसाद प्रसाई र (ख) प्रदेश सभा सदस्यका लागि संजय कुमार यादवले उम्मेदवारी दिएको छ ।