१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
भित्री मधेशमा पनि भाइटीका मनाउन थाल्यो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

भित्री मधेशमा पनि भाइटीका मनाउन थाल्यो

सर्लाही,१० कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेर तिहार मनाएका छन ।

सर्लाहीको भित्री मधेश सहित मधेश प्रदेशमा बसोवास गर्ने मधेशी मुलका व्यक्तिहरुले पनि भाइटीका लगाएर तिहार मनाएका छन्।

सर्लाहीको चन्द्रनगर गाउँपालिका, हरिपुर्वा नगरपालिका, हरिपुर नगरपालिका, ईश्वरपुर नगरपालिका, लालबन्दी नगरपालिका लगायत विभिन्न ठाउँमा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेर भाइटीका मनाएका छन ।

पछिल्लो समयमा तराइको पर्वमा पहाडमा ,पहाडको पर्व तराई मधेशमा मनाउनेको संख्या बढेको छ । पर्वले पनि नेपालमा बसोवास गर्ने समपुर्ण नेपालीमा संस्कृती अदान प्रदान भैरहेको चन्द्रनगरका समजसेवी युवा रिकी साहले बताउनुभयो ।

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.