१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जिम्बावेले पाकिस्तानलाई १ रनले हरायो – Nigrani Today
खेलकुदताजा खबरसमाचार

जिम्बावेले पाकिस्तानलाई १ रनले हरायो

काठमाण्डौ – आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तान जिम्बावेसँग पराजित भएको छ । पर्थमा भएको खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको हो ।

जिम्बावेले दिएको एक सय ३१ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो । उसका शन मसुदले ४४ रन बनाए । बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो । उसका सेन विलियम्सले ३१ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद वसिमले चार र शदाब खानले तीन विकेट लिए ।

यो जितसँगै जिम्बावे दुई खेलमा तीन अङ्कसहित समूह २ को तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाकिस्तान भने अङ्कविहीन छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.