१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा महाबीर झण्डा मेला महोत्सव सुरु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगरमा महाबीर झण्डा मेला महोत्सव सुरु

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ३ कोरियाहीटोलमा महाबीर झण्डा मेला महोत्सव सुरु भएको छ ।आज महाबीर झण्डा मेला महोत्सव समिति अध्यक्ष पवन महतोको अध्यक्षता तथा चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको प्रमुख आतिथ्यतामा महाबीर झण्डा मेला महोत्सव सुरु गरिएको छ ।

महाबीर झण्डा मेला महोत्सव चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाध्यक्ष गिता देवी महतोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको मेला समितिले जनाएको छ ।मेला आज देखि सुरु भई शुक्रवार सम चल्ने आयोजकले जनाएको छ ।

गाउँपालिका अध्यक्ष महतोले कोरियाहीटोलवासीले आफनो मौलिक सांस्कृतिक जोगाउन गरेको यस्तो कार्यक्रम सराहनीय भएको प्रशंसा गर्नुभयो । स्थानीय तहको काम बाटो घाटोको विकास गर्नु मात्र होईन,अब स्थानीय तहले नै सांस्कृतिक विकास गर्ने जोड दिने अध्यक्ष महतोले बताउनुभयो । उहाले अब संस्कृति जोगाउन गाउँपालिकाले नै छुट्टै शाखा गठन गर्ने बताउनुभयो ।

मेलामा सांस्कृतिक कार्यक्रम झाकी किर्तन, लोक नृत्यनाटक, विभिन्न किसिमको खेल तमासा समेत प्रदर्शन गरिने मेला समितिका सचिव राकेमहतोले जानकारी दिनुभयो ।

कार्यक्रममा पुर्व सांसद प्रमोद साह,क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामदुलार महतो,नेकपा माओवादी बाट क्षेत्र नं १ (क) प्रदेश सभा सदस्यीय उम्मेदवार रामचन्द्र कुशवाहा, नेपाली कांग्रेसकि महिला नेत्री शर्मिला थापा,नेपाली कांग्रेसका नेता रामबाबु साह, वडा न ३ का वडा अध्यक्ष सिताराम महतो, वडा नं १ का वडा अध्यक्ष रामेश्वर प्रसाद महतो, वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, समाजसेवी महाबिर महतो, जग्दिश साह, रामचन्द्र महतो,बिरेन्द्र महतो,राजकुमार महतो लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.