३१ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नगरसभाको तयारीमा हरिपुर्वा नगरपालिका – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

नगरसभाको तयारीमा हरिपुर्वा नगरपालिका

हरिपुर्वा ।सर्लाहीको हरिपुर्वा नगरपालिका नगर सभा गर्न तयारी गरिरहेको छ । लामो समय देखि विभिन्न विवादका कारण हरिपूर्वा नगरपालिकाले चालु आर्थिक बर्ष २०८०।०८१ को नगर सभा गर्न सकेको छैन । विभिन्न बिबाद नगरपालिकामा भएपनि फागुन ७ गते नगर सभा गर्ने तयारीमा जुटिसकेको नगरप्रमुख बिनोद कुमार साहले बताएको छ ।

आर्थिक बर्ष २०७८।०७९ मा दोस्रो स्थानिय तहको निर्वाचन पछि गठन भएको कार्यपालिका विगत २ आर्थिक बर्ष देखि नगरपालिकाको प्रशासकिय भवन निर्माण,कार्यलय सहयोगी भर्ना,बजेट भाग बन्डा,प्रहरीचौकी भवन निर्माण लगाएतको बिषयहरुमा जनप्रतिनिधीहरु बिच आपसी सहमती नहुदा नगरपालिकाको बिकास निर्माणको काम हुन नसक्दा बजेट समेत थन्किएर कटौती हुने अवस्थामा छ ।

असार भित्रमा नगरसभा भई सक्नुपर्ने व्यवस्था भएपनि प्रमुख प्रशासकिय अधिकृतको लगातार सरुवाले नगरसभा समयमा नहुदा कर्मचारी,शिक्षकले ७ महिना देखि तलब पाएको छैन,त्यस्तै ज्येष्ठ नागरिक,एकल महिला,अपागं,बालबालिकाले समाजिक सुरक्षा भत्ता नपाउदा बिच्चलीमा छ ।नगरसभाको लागी माघ २८ गते बसेको बैठकबाट बहुमत सदस्यको निर्णय अनुसार हामिले फागुन ७ गते नगरसभा गर्ने तयारीमा जुटिसकेको नगरप्रमुख साहले बताए ।

साहको अनुसार २८ गते बसेको कार्यपालिका बैठकमा सबै कार्यपलिका सदस्यको उपस्थिती रहेपनि केही सदस्यले नगरसभाको पक्षमा आफ्नो मन्जुरी नदिएपछि बहुमत सदस्यको अधारमा नगरसभाको निर्णय भएको बताए ।यस बिषयमा हरिपुर्वा नगरपालिका वडा नम्बर ६ को वडाअध्यक्ष रामसोगारथ रायको अनुसार माघ २८ गते बसेको कार्यपालिकाको बैठकको उपस्थिीतीमा हामीलाई झुक्याएर सही गर्न लगाएको र पछि निर्णयमा आफ्नै मनमानी तरिकाले कम्प्युटर टाइप पेपर टासेपछि निर्णयलाई नै काटि बैठकलाई रद्द गरेको छु ।

२८ गते बसेको कार्यपालिकाको बैठक फेसबुक बाटै लाइव टेलिकास्ट भएको थियो र त्यसमा नगरसभा सम्बन्धी कुनै पनि निर्णय नभएको प्रत्यक्ष प्रमाण छ । नगर प्रमुख विनोद कुमार साहले बिना कार्यपलिकाको निर्णयकै नगरसभाको हल्ला बजारमा फैलाइरहेको छ । वडाअध्यक्ष रायले अगाडी थपिदै भनेको छ ,साच्चै फागनु ७ गते नगरसभा गर्नुहुन्छ भने हामी त्यसलाई सफल हुन दिदैनौ । हामिले आफ्नो स्वार्थको कुरा मागेका छैनौ । आ.व २०७९।०८० मा नगरपािलकाबाट गरिएको खर्चलाई सार्वजनिक सुनवाई द्वारा प्रस्तुत गर्न माग गरको छु र यो हाम्रो अधिकार हो ।

माघ ३ गते नै सरुवा भइसकेको प्रमुख प्रशासकिय अधिकृत २२ दिन भित्रमा रबाना हुनुपर्ने एन रहेपनि मेयर बिनोद कुमार साहले आफनो स्वार्थ पुरा गर्न विदाबारी नगरेको वडाध्यक्ष रायले बताए । संिघय मामिला तथा समान्य प्रशासन मन्त्रालयले माघ २८ गतेको १५३९ को चलानी अनुसार सरुवा भएको ठाउमा हाजिर हुन शम्भु प्रसाद यादवको नाउमा परिपत्र गरेको ले सरुवा भएको हाकिम कसरी नगरसभा गराउन सकिन्छ ।

त्यही भएर जनप्रतिनिधीहरु विच द्वन्द सिर्जना गराउन नगरसभाको हल्ला बजारमा फैलाइरहेको वडाध्यक्ष रामसोगारथ यादवको आरोप छ ।फगुन ७ गते हुन गइरहेको नगरसभामा शान्ति व्यवस्थापनको लागी जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिसकेको र समयमा नै नगरसभा गराई कर्यालय बन्द गरेर धर्नामा बसेको कर्मचारी, शिक्षकलाई तलव र समाजिक सुरक्षा भत्ता बितरणको काम पहिलो प्राथमिक्तामा रहेको प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद यादवले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.