६ माघ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनताको आर्थकि प्रगती र समृद्धीको लागि मैले उम्मेदवारी दिएको छु : सरोज राय – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

जनताको आर्थकि प्रगती र समृद्धीको लागि मैले उम्मेदवारी दिएको छु : सरोज राय

सर्लाही,१६ कार्तिक । समाजिक अभियन्ता सरोज रायले जनताको आर्थकि प्रगती र समृद्धीको लागि मैले प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिएको बताउनुभयो । समाजिक अभियन्ता राय अहिले घरदैलो कार्यक्रममा ब्यस्त छन । समाजिक अभियन्ता राय सर्लाही प्रदेशसभा क्षेत्र नम्वर ३ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका छन । रायले लालटिन चुनाव चिन्ह पाएका छन् ।

संवधिानको रक्षा, मधेश प्रदेश ,देशको विकास, जनताको आर्थकि प्रगती र समृद्धी मेरो मुख्य मुख्य मुद्दा रहेको समाजिक अभियन्ता रायले बताउनुभएको छ ।नेपालमा पछिल्लो समय दलिय प्रणाली प्रति जन्ताहरु असन्तुष्ट भएको हुदाँ पनि आफनो जित सुनिच्छित भएको अभियन्ता रायले दाबी गर्नुभयो । सामाजिक अभियन्ता राय समाजमा परिचित अनुहार हुन ।

उनले विदेशमा जेल जीवन विताइरहेका र मृत्यूदण्ड पाएका कैयौं नेपालीको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल भएका छन् । उनले भारतबाट समेत कैयौं नेपालीको उद्धार गरेका छन् । समाजिक अभियन्ता रायको प्रतिस्पर्धा समग्रमा हेर्दा (ख) प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसबाट हरेश महतो र जन्ता समाजवादी बाट उम्मेदवार बनेका संजय कुमार यादव बिच प्रतिस्पर्धा हुने भएको छ ।

अहिले सर्लाहीमा दलप्रतिको बितृष्णा बढदै गएको समयमा समाजिक अभियन्ता रायले स्वतन्त्र उम्मेदवारी दिए पछी रायको चर्चा क्षेत्र नं. ३ मा व्यापक हुने गरेको छ ।

क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन दल संघीय संसदका लागि नेकपा माओवादीबाट नरेन्द्र साहलाई टिकट दिएको छ भने प्रदेश सभा सदस्यीयको लागि (क) बाट एकीकृत समाजवादीबाट दिल्ली उप्रेती र (ख ) बाट नेपाली काँग्रेसका हरेश महतोलाई टिकट दिएर गठबन्धन दलले उम्मेदवार उठाएको छ ।

यसैगरी नेकपा एमाले र जसपाका गठबन्धन बाट संघिय सांसदमा एमाले बाट हरि उप्रेती, (क) प्रदेशमा एमलै बाट गणेश प्रसाद प्रसाई र (ख) प्रदेश सभा सदस्यका लागि संजय कुमार यादवले उम्मेदवारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button