१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
देशलाई समृद्ध बनाउन सर्लाही क्षेत्र नं. २ मा उम्मेदवारी दिएको छु : डा.बीरवंश बैठा – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

देशलाई समृद्ध बनाउन सर्लाही क्षेत्र नं. २ मा उम्मेदवारी दिएको छु : डा.बीरवंश बैठा

मलंगवा,१६ कार्तिक । समाज रुपान्तरण विषयमा क्यानाडाबाट मानार्थ विद्यावारिधि प्राप्त डा.बीरवंश बैठाले आफुले देशलाई समृद्ध बनाउनको लागि सर्लाही क्षेत्र नम्बर २ बाट संघीय संसदमा उमेदवारी दिएको बताउनुभयो । डा.बैठाले अहिलेका राजनीतिक दल र नेताहरुबाट देशमा विकास हुने नसक्ने भन्दै देशलाई विकासको गतिमा अघि बढाउन आफूले पनि सर्लाही क्षेत्र नम्बर २ बाट संघीय संसदको लागि उमेदवारी दिएको बताउनुभयो ।डा. बैठाले लौरो(लाठी) चुनाव चिन्ह पाएका छन् ।

‘पटक पटक यिनै एउटै नेतालाई हामीले जिताएर पठाएकाछौं । ’पुराना नेताहरुले गरेको विकास र परिवर्तन कस्तो छ सोचनिय विषय भएको डा. बैठाले भन्नुभयो ।देशमा विकास गर्नुको सट्टा अहिलेको नेतृत्वले ३ सय वर्ष पछि धकेलेको भन्दै अब राजनीतिमा बुढापाका, पुराना र औंठाछाप हैन, विद्वान र भिजन भएको व्यक्ति आउनु पर्छ तब मात्रै परिवर्तन सम्भव छ डा. बैठाले भन्नुभयो ।

डा.बैठाले भन्नुभयो ‘आज यूरोपलाई हेर्नुस् हामी भन्दा कैयौं गुणा विकासमा अगाडि छन् । विद्वान व्यक्तिहरु नै ती देशहरुमा राजनीतिमा आएकोले त्यो सम्भव भएको हो ।’ उनले अगाडी भने ‘हाम्रोमा त आफ्नै नाम लेख्न नजान्नेहरुलाई चुनाव जिताएर पठाईन्छ अनि कसरी हुन्छ देश विकास ?’ उनले भिजन र सोंच नभएका नेताहरूकै कारण ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै रहेको, दाइजो प्रथा कायमै रहेको, महिला हिंसा उस्तै रहेको र विकास निर्माणको हालत पनि खराब रहेको बताउनुभयो ।

३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गर्दै उनले त्यो बेलादेखि आजको दिनसम्म नेपाली जनताले सुखानुभूति गर्न नपाएको बताउनुभयो । उनले देशमा गतिलो नेता नभएको दाबी गर्दै नेपालमा थर्ड क्लास पोलिटिसियनहरु मात्र रहेको जानकारी दिनुभयो । ‘यदी देशमा नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो होला ।’

उनले भने ‘हाम्रा देशका नेताहरुसँग सम्बृद्ध देश बनाउन कुनै मिशन, भिजन र डेडिकेशन छैन । कुनै पनि राजनीतिक दलमा स्थिरता छैन । यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन ।’ विद्यमान राजनीतिक दलमा आइडल र आइडिओलोजी नभएको टिप्पणी गर्दै भने ‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएकाछौं । राजनीतिक चेतना नहुँदा देश र समाज पछि परेको भन्दै अब समाजलाई गति प्रदान गर्नुपर्ने बताउनुभयो ।

विकास के हो र जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने कुरा अहिले बालेन र हर्कहरुले प्रमाणित गरिरहेका छन् भन्दै त्यसरी नै प्रमाणित गरेर देखाउने उहाले बताउनुभयो । उनले विकास र परिवर्तनका लागि आफूलाई मत दिएर जिताउन क्षेत्रवासीसँग आग्रह समेत गर्नुभयो । देश विकासका लागि परिवर्तनको आवश्यक्ता रहेको र त्यसका लागि असल र सबल नेतृत्वको आवश्यक्तालाई महसुस गरेर आफुले जागीर अवधि डेढ वर्ष बाँकी छँदै प्राधानाध्यापकको पदबाट राजिनामा दिएर राजनितीमा आएको बताउने डा.बैठा मलंगवा नगरपालिका ५ भाड्सरका स्थायी वासिन्दा हुन् ।

डा. बैठा हेटौंडा उपमहानगरपालिका ४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माध्यमिक विद्यालयको प्राधानाध्यापक भएर काम गरेको व्यक्ति हुन् । उनले शिक्षण पेशामार्फत समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै दर्जनौं राष्ट्रिय तथा ७ वटा अन्तराष्ट्रिय एवार्ड समेत पाएका छन् । स्कलरसिपमा विएड एमएड गरेका डा. बैठालाई समाज रुपान्तरणमा खेलेको भूमिकाकै कारण क्यानाडास्थित ब्रस्टन ईन्टरनेशनल यूनिभरसिटीले मानार्थ विद्यावारिधि दिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.