१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हुलाकी मार्गमा नेताहरुलाई आवातजावतमा रोक, टायर बालेर प्रदर्शन गर्दै युवाहरु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हुलाकी मार्गमा नेताहरुलाई आवातजावतमा रोक, टायर बालेर प्रदर्शन गर्दै युवाहरु

सर्लाहीका युवाहरुले गरे नेताहरुलाइ बहिस्कार

सर्लाही,१७ कार्तिक। मंसिर ४ गते हुने चुनावलाई लिएर आजदेखि दलहरुले प्रचार प्रसार गर्न पाउने भएपनि सर्लाहीको कौडेनामा भने दल र तिनका नेता तथा उमेदवारहरुलाई आवातजावतमा रोक लगाइएको छ । अहिले कौडेना गाउँपालिकाका युवाहरु संयुक्त रुपमा हुलाकी राजमार्गमा धाट हानेर टायर बालेर प्रदर्शन गरिरहेको छ।

तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग निर्माणमा लापरवाही गरेको र जनताको स्वास्थ्यमा खेलवाड गरेको कारण कौडेना वडा नम्बर ३ का वडाअध्यक्ष पचु चौधरीको नेतृत्वमा स्थानीय तथा युवाहरुको समुले नेताहरुलाई चुनावी प्रचारप्रसार गर्न आवतजावतमा रोक लगाएको कौडेनाबाट पत्रकार निरज यादवले जानकारी दिए ।


नेताहरुलाई आवतजावतमा रोक लगाउने कार्यको नेतृत्व गरेका वडा अध्यक्ष चौधरीले हुलाकी राजमार्ग समयमै बनाउने भनेर प्रतिवद्धता गर्न र अलपत्र छाड्ने गरेको कारण नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले आवातजावतमै रोक लगाउने निर्णय गरेर आफूहरु सडक अबरुद्ध गर्न बाध्य भएको बताए ।

उनले समयमै बनाउन नसकिएपनि सडकमा नियमित पानी छिटेर धुलो उड्न रोक्ने कार्य समेत नगरेको भन्दै सडकमा उड्ने धुलोका कारण नागरीकको स्वास्थ्यमा नकरात्मक असर परिरहेको बताए । उनले सडक नबन्दा तराईका हजारौं बासिन्दाले यात्रामा कठिनाई भोग्नु परीरहेको बताए ।

 

उनले प्रशासनले समेत हुलाकी सडक नबनाउने ठेकेदारलाई कुनै कार्वाही नगरेको भन्दै अब जनताले नै निर्णय गर्ने भन्दै आफूहरु सडक अवरुद्ध गर्न अघि बढेको बताए । उनले तत्काल सडकमा पानी छर्कने काम गरे र सडक छिट्टै बनाउने प्रतिवद्धता भएमात्रै सडक खुलाउने बताए ।

हुलाकी राजमार्ग नबन्दा स्थानियहरुले वर्षौ देखि शास्ती भोग्नु परेको छ, नेताहरुले चिलो गाडी चढेर आउने गरेको हुदाँ धुलोको समस्यालाई मतलब नगरेको स्थानिय मनोज पासवानले जानकारी दिनुभयो । धुलोले गर्दा हुलाकी राजमार्गमा दिनहु हजारौ मानिसहरु प्रभावित बनेको छ । अब चुनाबकै समयमा यि नेताहरुलाई वेवस्ता गरे मात्र यो समस्या हटने स्थानिहरुले बताएका छन ।

नागरीक समाजका अगुवा रजनिकान्त झाले दबाब दिनु स्वभाविक हो, यो कार्य पहिला नै हुनुपर्ने थियो, युवाहरुले सरकारलाई ध्यानकर्षण गर्नु राम्रो भएको बताए । नेताहरुमा कर्मठता नभएको कारण यस्तो समस्या नभएको झाले बताए । युवाहरुले शिर्ष नेताहरुलाई ध्यानकर्षण गरेको प्रति नागरीक समाजका अगुवा झाले धन्यवाद समेत दिएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.