१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पुर्व मन्त्री श्रेष्ठले ध्यानाकर्षण पत्रको खण्डन गरे – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

पुर्व मन्त्री श्रेष्ठले ध्यानाकर्षण पत्रको खण्डन गरे

लालबन्दी,१७ कार्तिक । पुर्व केन्द्रिय सदस्य तथा पुर्व उर्जा तथा पशुपंछी विकास राज्य मंन्त्री शम्भुलाल श्रेष्ठले नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं १ का सभापती हरि लुङ्गेलीद्धारा हस्तक्षारित ध्यानाकर्षण पत्रको एक विज्ञप्ती जारी गर्दै खण्डन गर्नुभएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय निर्वाचन प्रचारप्रसार बिभाग समिति सदस्य समेत रहनु भएका श्रेष्ठले बिहिवार नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापतीलाई आबस्यक कार्वाही बारे पत्र लेख्दै उहाले ध्यानआकर्षण पत्रको खण्डन गर्दै आफु उपर लगाएको अनरलगल आरोपीत व्यक्तिलाई सत्य तथ्य केलाई गलत गर्नेलाई बिधानतः आबस्यक कार्वाहीको माग गर्नुभएको छ ।

बुधवार यस निगरानी टुडे अनलाइनमा गठबन्धनको उम्मेदवारलाई नसघाए शम्भुलाल श्रेष्ठलाई कांग्रेसले कार्वाही गर्ने समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशन पश्चात ध्यानाकर्षण पत्र पढदा आफुलाई आश्चर्य लागेको पुर्व मन्त्री श्रेष्ठले पत्र मार्फत जानकारी गराउनुभयो ।

उहाले ध्यानाकर्षण पत्रमा आफुलाई अनरगल आरोप लगाएको मात्र हो पत्रमा कुनै किसिमको सत्यता नभएको पुर्व मन्त्री श्रेष्ठले बताउनुभयो । आफुलाई ध्यानकर्षण पत्रमा अनरगल आरोप लगाएको हुँदा सत्य तथ्यमा ध्यान पुगोस भन्ने लागेर आवश्यक कार्वाहीको लागि नेपाली कांग्रस जिल्ला कार्य समितिलाई पत्र लेखेको पुर्व मन्त्री श्रेष्ठले बताउनुभयो ।

आफुलाई नेपाली कांग्रेसका क्षेत्रिय सभापतीको रुपमा प्रस्तुत गर्ने, साबिकमा भएको केन्द्रिय तहको निर्बाचन र हाल भर्खरै २०७९बैशाख ३० गतेको स्थानिय निर्वाचनमा क्षेत्रिय सभापती लगायत आफुलाई नेपाली कांग्रेसका नेता भनौदाहरु कुन दिन कुन वडा र क्षेत्रभरीको पालिकामा क्षेत्रले बिधानतः गर्नुपर्ने आफ्नो पक्षको उमेदवारलाई सघाउ पु–याउने काम ग–यो ? यस क्षेत्रको तमाम निष्ठावान कार्यकर्ता सामु छर्लङ्क रहेको श्रेष्ठले लेखेको पत्रमा उल्लेख रहेको छ ।

अन्तरघात गर्न प्रत्येक पालिकामा के कस्तो हरकत गरेको तमाम कार्यकर्ताले बुझेको हुदाँ आफु पार्टीको वरखिलाफ गर्ने, क्षति पु–याउने, अन्तरघात गर्ने, अन्तरघात गर्न उक्साहट गर्ने, आफ्नो शरीरमा हात्ती हिडेको नदेख्ने अरुको जुम्रा केलाउने, स्थानिय निर्वाचनमा नेपाली का्रग्रेसको बिधानले ब्यबस्था गरे अनुरुप क्षेत्रिय संसदिय समितिको पटक पटक बैठक राख्ने सुभाव दिदाँ र सम्भाबित उम्मेदवार सिफारीस गर्न समेत ताकेता गर्दा एक दिन बैठक राखि १० मिनेटमै बैठक स्थगित गरी भोली विहान ८ः०० बजे राख्ने भनियो तर रातारात एकलौटी गुटको मात्र माईन्यूट घुमाएर सहि छाप गराई माथिल्लो निकायमा पेश गरेको पुर्व मन्त्री द्धारा हस्तारित पत्रमा उल्लेख छ ।

मंसिर ४ गते हुने निर्वाचनको लागी पार्टीले गरेको परिपत्र बमोजिम २०७९÷०५÷१६ गतेसम्म आकाँक्षी प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य तोकिएको प्रकृया अनुसार प्रतिनिधिबाट निर्नय गराई माथिल्लो निकायमा पठाउनुपर्नेमा २०७९÷०५÷१६ मा बैठक राखी आकाँक्षीले नाम समेत पेश गरेको तर भोली पुनः बिहान ८ः०० बजे बैठक गर्ने र तोकिएको प्रकृया पुरा गरी पठाउनेगरी बैठक स्थगीत गरेकोमा भोलीपटक बैठक नगरी गोप्य ठाउँमा बसी घरमा नभएको बिदेस गएको प्रतिनिधिको किर्ते हस्ताक्षर गरेको, झुक्याएर सोझा साझालाई सही गराई कोरम मात्र पुरा गराएको सम्मबन्धमा तत्कालिन क्षेत्रिय सभापतीले वदनियतपुर्ण तरीकाले गरेको ताहाँ जिल्लामा उजुरी र जिल्लाबाट तत्कालै बिधान तथा केन्द्रिय परिपत्रको भावना बमोजिम गर्न पुनः क्षेत्रलाई पत्राचार गरेको सर्ब बिदितै रहेको पत्रमा उल्लेख रहेको छ ।

क्षेत्रिय कार्य समितिको सक्कल माईन्युट बुक हेर्दा प्रष्ट हुनेछ तसर्थ आफु र आफ्नो नेतृत्वको समितिले गलत तरीकाले बिधान र नेपाली कांग्रेस पार्टीको मर्म,भावना विपरीत चलेको, क्षेत्रिय सभापती प्रदेस समानुपातिकमा आफनो नाम मात्र लेख्ने, सोही स्थानमा बसोवास गर्ने प्रदेस (क) र (ख) मा प्रत्यक्ष तर्फ एकल सिफारीस गरेकोबाट क्षेत्रभरीको काँग्रेसप्रति आस्थावान कार्यकर्ता तथा नेताले के बुझने ? प्रष्ट रहेको पुर्व मन्त्रीले लेखेको पत्रमा उल्लेख छ ।

हाल आफुलाई सर्लाहीमा नभएर नेपाली कांग्रेस केन्द्रले अन्यत्र जिल्लामा पार्टीको निर्वाचन प्रचार प्रसारमा खटाई सकेको अबस्थामा अनरगल आरोप सहित प्रकासित समाचारबाट दुःखीत भएको केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत रहेका श्रेष्ठले पत्र मार्फत उल्लेख गरेको छ । आफु यस पार्टीमा नरहदाको अबस्थामा यो क्षेत्रमा नेपाली कांग्रेसको अबस्था कस्तो थियो २०७४ सालको स्थानिय निर्वाचनको परिणाम हेर्दा प्रष्ट हुन्छ । हाल तथा आगामी दिनमा पार्टीको अस्तित्व कसरी जोगाएर राख्न सकिन्छ तमाम क्षेत्र वासी लोकतन्त्रप्रति आस्थावान सुभचिन्तक ज्यूहरुमा सोचिदिन आग्रह गर्दछु ।

तसर्थ जिल्ला, मधेस प्रदेस तथा केन्द्रबाट सत्य तथ्य केलाई गलत गर्नेलाई बिधानतः आबस्यक कार्वाही हुनेछ भन्ने बिश्वास लिएको छु यसै साथ ने.का. क्षेत्रीय सभापतीले गरेको हर्कतको छाँया प्रति संलग्न गरी पेश गरेको छु पत्रमा उल्लेख छ । श्रेष्ठले पत्र हरी बहादुर लुङ्कगेली क्षेत्रिय सभापती ईश्वरपुर न पा वडा नं.१२ कालिन्जोर सर्लाही, नेपाली कांग्रेस मधेश प्रदेश समितीको कार्यालय, जनकपुर धाम र नेपाली कांग्रेस केन्द्रिय कार्य समितीको कार्यालय, सानेपा ललितपुरलाई वोधार्थ समेत दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.