१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
सर्लाहीमा एकलाखभन्दा बढीको पटाका नष्ट – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा एकलाखभन्दा बढीको पटाका नष्ट

सर्लाहीमा,१६ । तिहार नजिकिएसँगै जिल्लामा भित्र्याइएको लाखौँको पटाका सर्लाही प्रहरीले नष्ट गरेको छ।

विभिन्न मिति र समयमा प्रहरीको गस्ती टोलीले बरामद गरेको एक लाख ११ हजार बराबरको पटाका नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सर्लाही र सोमातहतका कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले विभिन्न स्थानबाट नागिन, रकेट, चक्कर, छुरछुरी, फूलझरीलगायतका पटाका बरामद गरेको थियो।

बरामद गरिएको पटाका सञ्चारकर्मी तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा मंगलबार नष्ट गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.