१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दीमा अतिविपन्न ४ परिवारलाई पक्की घर  – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

लालबन्दीमा अतिविपन्न ४ परिवारलाई पक्की घर 

सर्लाही । मधेश प्रदेश सरकारको लगानीमा सर्लाहीको लालबन्दी नगरपालिकामा घर निर्माण गरी अतिविपन्न ४ परिवारलाई हस्तान्तरण गरिएको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत महेन्द्र नारायण निधी आवास योजनाले यहाँका अतिविपन्न ४ परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेको हो।

लालबन्दी–६ का वीरबहादुर क्यापछाकी, लालबन्दी–७ का बिशे राई, लालबन्दी–९ का शम्भु बलम्पाकी र लालबन्दी–१७ का लक्ष्मी थापाको परिवारले पक्की घर पाएका छन्। प्रदेशसभा सदस्य बेची लुंगेलीले ​दिएको जानकारीअनुसार ४ परिवारका लागि २ कोठाको पक्की घर, भान्साघर र शौचालय निर्माण गरिएको छ।

प्रत्येक घरमा चापाकल पनि जडान गरिनेछ। ४ वटै घर सर्लाही क्षेत्र १ ९ख० की प्रदेशसभा सदस्य लुंगेलीबाटै उद्घाटन गरिएको छ। एक परिवारका लागि ५ लाख ५० हजार रूपैयाँ लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।

आर्थिक अवस्था दयनीय रहेका तथा घाम पानीमा ओत लाग्ने गतिलो घर नहुँदा कष्टपूर्ण जीवन निर्वाह गरिरहेका ४ गरिब परिवार पक्की घर पाएपछि खुशी भएका छन्। पानी चुहिने झुप्रोमा बस्दै आएकोमा प्रदेशसभा सदस्य लुंगेलीको पहलबाट पक्की घर निर्माण भएपछि अत्यन्त खुशी लागेको लालबन्दी(६ का वीरबहादुर क्याप्छाकीले बताए।

प्रदेशसभा सदस्य लुंगेलीका अनुसार महेन्द्र नारायण निधी आवास योजनाअन्तर्गत दोस्रो चरणमा लालबन्दी वडा नम्बर ५, ६ र १० मा थप ३ परिवारका लागि घर निर्माण गर्न पहल भइरहेको छ।

अन्य निर्वाचन क्षेत्रमा घर निर्माण गर्ने योजना सम्पन्न नभए पनि आफ्नो निर्वाचन क्षेत्रमा पहिलो चरणमा ४ परिवारका लागि घर निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको प्रदेशसभा सदस्य लुंगेलीको भनाई छ।थाहाखबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.