१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मतदानको समय भन्दा ७२ घण्टा पहिले नेपाल भारत सीमा सिल हुने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

मतदानको समय भन्दा ७२ घण्टा पहिले नेपाल भारत सीमा सिल हुने

सर्लाही,२२ कार्तिक । सर्लाहीमा मतदानको ७२ घण्टा पहिले देखि नेपाल भारत सीमा सिल हुने भएको छ । मंगलवार सर्लाही, महोत्तरी र रौतहट तथा भारतको सीतामढी जिल्लाका पदाधिकारीहरु र सम्वद्ध अधिकारीहरु बीच संयुक्त समन्वय बैठक गरी यस्तो निर्णय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

संयुक्त बैठकले सीमा सुरक्षा र सीमा अपराध नियन्त्रण, अन्तर्राष्ट्रिय सीमा अतिक्रमण, मानव बेचविखन, मदिरा तथा लागू औषध ओसारपोसार नियन्त्रण, अवैध मुद्राको कारोवार नियन्त्रण लगायतका विषयमा मापसी सहयोग र समन्वय गर्ने सहमती गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । यसैगरी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्थापन विषयमा सौहाद्रपूर्ण वातावरण गर्ने समेत विषयमा छलफल भएको हो ।

जवाफमा भारतीय अधिकारीहरुले आफुहरुले निर्वाचनमा आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्ति गर्नुभयो । छलफल बैठकमा सर्लाही, महोत्तरी, रौतहटका प्रमुख जिल्ला अधिकारी, सहायक जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक लगायत भारतीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.