१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
डा.बिरबंश बैठाले सर्लाही–२ मा पूर्व मन्त्री राजेन्द्र महतो र महेन्द्र राय लाई टक्कर दिदैं – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

डा.बिरबंश बैठाले सर्लाही–२ मा पूर्व मन्त्री राजेन्द्र महतो र महेन्द्र राय लाई टक्कर दिदैं

सर्लाही,२३ कार्तिक । समाज रुपान्तरण विषयमा क्यानाडाबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका डा.बीरवंश बैठाले सर्लाही क्षेत्र नं. २ मा पूर्व दुई मन्त्रीलाई टक्कर दिने भएको छ । डां बैठाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टी (नेसपा) का वरिष्ठ नेता महेन्द्र राय यादवलाई टक्कर दिने भएको छ ।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टी (नेसपा) का वरिष्ठ नेता महेन्द्र राय यादव यस पटक पनि सर्लाही क्षेत्र नम्बर २ बाटै चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यादव र महतो दुवै लाई डां बैठाले टक्कर दिने भएको छ ।

यादवले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर तथा महतोले आफ्नै पार्टी लोसपाको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । २०७० सालको दोस्रो संविधान सभाको चुनावमा यादव र महतो एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्नुभएको थियो । त्यतिबेला सद्भावना पार्टीबाट उम्मेदवारी दिएका महतोलाई हराउँदै तराई मधेस सद्भावना पार्टीबाट उम्मेदवार बनेका यादव निर्वाचित हुनुभएको थियो ।

यादव २०७० र २०७४ को चुनावदेखि लगातार यसै निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आएपनि जन्तामा निराशा छाएको स्थानियहरुले बताएका छन । अब चुनाव जिताउने भनेकै डा. बैठा जस्तो उम्मेदवारलाई नै हो हरिपुर्वाका स्थानिय तेजनारायण यादवले जानकारी दिए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टी (नेसपा) का वरिष्ठ नेता महेन्द्र राय यादवतराई मधेसबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आउनुभएका नेता महतो सर्लाहीबाट धेरै पटक मन्त्री हुनेको सूचीमा पर्नुहुन्छ । उहाँ उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री, वाणिज्य तथा आपूर्ति मन्त्री र स्वास्थ्य मन्त्री बनेर पनि सर्लाहीमा जुन गतिमा विकास हुनुपर्ने हो त्यो गतिमा नभएको ब्रह्म्पुरी गाउँपालिकाका स्थानिय ईश्वर साहले बताए ।

नेता महेन्द्र राय यादव पनि धेरै पटक मन्त्री बनिसक्नु भएको छ । उहाँले कम्युनिष्ट पार्टीबाट राजनीतिका यात्रा अगाडि बढाउनु भएको हो भने महतो मधेस केन्द्रित दल सद्भावना पार्टीबाट राजनीति यात्रा सुरु गर्नुभएको हो ।२०४८ सालमा विष्णु मानन्धरको पार्टी नेकपाबाट राजनीति यात्रा सुरु गरेका यादव पछि २०५१ सालको मध्यावधी चुनावमा नेकपा एमालेमा प्रवेश गरी चुनावमा उठ्नु भएको थियो ।

त्यसपछि लगातार सत्ता वरिपरि रहँदै आएका र २०६४ को मधेस आन्दोलनको नेतृत्व गर्दै मधेस केन्द्रित दलमा लागेका यादव पनि पटकपटक मन्त्री बने पनि सर्लाहीको विकासमा प्रगती नभएको जिंगडबा बस्ने कोपिन्द्रले भने । यि दुई नेताहरुबाट आजित भएकै कारण आफुहरुले बिधाबारधी प्राप्त बिरबंश बैठालाई मत हालने निर्णयमा पुगेको कौडेना बस्ने स्थानिय श्याम पासवानले बताए ।

नेता यादव भौतिक तथा यातायात मन्त्री, सिंचाइ मन्त्री र उद्योग मन्त्री बनिसक्नु भएको छ । यादव र महतो तराई मधेसबाटै धेरै पटक मन्त्री बन्ने नेतामा पर्नुहुन्छ । उहाँहरु धेरै पटक मन्त्री भए पनि नागरिकले अपेक्षा गरे अनुसारको विकास निर्माणको काम गर्न नसकेको मलंगवाका स्थानिय नेपाली बैठाले बताए । दुवै नेता जनता र विकास भन्दा पनि सत्ता प्राप्तिको स्वार्थमा लागेको कारण सर्लाही क्षेत्र नम्बर २ मा पर्ने सदरमुकाम मलंगवाको समेत विकास नभएको मंलगवाका स्थानिय बैठाले दुखेसो गरे ।

दुवै नेताले क्षेत्रमा विकास गर्न नसकेको भन्दै यहाँका मतदाताले केही दिनअघि ‘नो सडक नो भोट’ भन्दै सडकमा प्रदर्शन समेत गरेका थिए । तराईको ‘लाइफलाइन’ भनेर चिनिएको हुलाकी राजमार्ग निर्माणको काममा राजनीति दलका नेताले बेवास्ता गरेको कौडेना गाउँपालिका ३ का वडाध्यक्ष पाचु चौधरीको भनाइ छ ।

नागरिकको जीवनमा सरोकार राख्ने हुलाकी सडक वर्षौंदेखि त्यतिकै अलपत्र हुँदा समेत नेताको ध्यान नगएकाले उम्मेदवारलाई गाउँ छिर्न नदिएको स्थानीय विलास रायको भनाइ छ । २०६४ को मधेस आन्दोलनपछि तराई मधेसमा उदाएका मधेसी जनअधिकार फोरम, नेपाल सदभावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी लमलोपा जस्ता मधेस केन्द्रित दलहरु सत्तामा जाने होडबाजीका कारण बेला बेलामा टुक्रिएर ससाना दल बन्न पुगेका छन् । सत्तामा जाने स्वार्थको परिणामस्वरूप २०७० सालको दोस्रो संविधानसभा चुनावमा नराम्रोसँग पराजित भएका ती दलहरु पुनः दोस्रो मधेस आन्दोलनपछि भने पार्टी एकता गर्दै २०७४ मा भएको निर्वाचनमा मधेसमा ठूलै दल बन्न पुगेका थिए ।

गठबन्धन दलबाट मित्रवत् चुनावी प्रतिस्पर्धा गर्ने सहमतिमा टिकट लिएका महतो र यादवलाई पछि पार्दै चुनावी नतिजा हात लगाउने दाउमा लौरो अभियानी लौरो चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा डा. बिरबंश बैठा रहेको छ । ४९ वटा वडा रहेको क्षेत्र नम्बर २ मा पालिका चुनावमा जितेको वडालाई आधार मान्दा नेपाली कांग्रेसले २३, जनता समाजवादी पार्टी (जसपा)ले १३ ,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ६, माओवादी केन्द्रले ३ , नेकपा एमालेले २ , एकीकृत समाजवादी पार्टीले १ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ वटा वडामा जितेका छन् ।

सत्ता गठबन्धन दलबाट चुनाव लडेका यादव र महतोसँग गणितीय हिसाबले ३३ वटा वडाको मत साथमा छ । तर, यो मत दुवै गठबन्धन दलका उम्मेद्वार यादव र महतोमध्ये कस्ले बढी पाउँछ यसै भन्न नसकिने विश्लेषक रजनीकान्त झाको विश्लेषण छ । विपक्षी गठबन्धन दल नेकपा एमालेसँग पनि वडालाई आधार मान्दा १६ वटा वडा सुरक्षित रहेकाले त्रिपक्षीय प्रतिस्पर्धा हुने उहाँको तर्क छ । डा.बैठाले अहिलेका राजनीतिक दल र नेताहरुबाट देशमा विकास हुने नसक्ने भन्दै देशलाई विकासको गतिमा अघि बढाउन आफूले उमेदवारी दिएको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.