१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रहरी हवल्दार राजेश जैसवाल सहित पाँच जना इन्टेग्रिटी आइकन मार्फत आज सम्मानित हुदैँ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

प्रहरी हवल्दार राजेश जैसवाल सहित पाँच जना इन्टेग्रिटी आइकन मार्फत आज सम्मानित हुदैँ

सर्लाही,२४ कार्तिक ।अकाउन्टविलिटी ल्याब नेपालले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह जैयसवाल लगायत पाँच जनालाई आज सम्मान गर्नेभएको छ । अकाउन्टविलिटी ल्याब नेपालले सन् २०१४ देखि इन्टेग्रिटी आइकन मार्फत सार्वजनिक संयन्त्र भित्रका कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्ने उदेश्यले इन्टेग्रिटी आइकन मार्फत सम्मान गर्ने गरेको अकाउन्टविलिटी ल्याब नेपालकी प्रोजेक्ट असोसियट ओसिन महर्जनले जानकारी दिनुभयो ।

प्रहरी हवल्दार जैसवाल नेपाल भरीकै प्रहरी संगठन भित्रको पहिलो सम्मानित हुने कर्मचारीमा परेको प्रोजेक्ट असोसियट महर्जनले जानकारी दिनुभयो ।जैसवाल आज तिन बजे इन्टेग्रिटी आइकन २०२२ मार्फत सम्मानित हुने महर्जनले जानकारी दिनुभयो । यस वर्ष पनि इन्टेग्रिटी आइकन २०२२ मार्फत सार्वजनिक संयन्त्र भित्रका पाँच जना कर्मचारीहरु आज सम्मानित हुने महर्जनले बताउनुभयो ।

प्रहरी हवल्दार रौतहटको राजदेवी नगरपालिका वडा नं. ७ मुडवलवा निवासी हुन ।उनि हाल जिल्ला प्रहरी कार्याय सर्लाहीमा कार्यरत छन। उनि करिव ६ वर्ष देखि जिल्ला प्रहरी कार्यालय, सर्लाही अन्तर्गत प्रादेशिक अस्पताल, सर्लाहीमा कार्यरत छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविण पोख्रेलले अकाउन्टविलिटी ल्याब नेपालले प्रहरीले गरेको राम्रो कामको मुल्यांकन गुर्न हाम्रो संगठनको लागि ठुलो उपलबधी भएको बताउनुभयो ।हामी एकदमै खुसी भएका छौ, प्रहरीको हौसला बढेको छ, प्रहरी हवल्दार जैसवालले प्रहरी संगठनको गरिमा बढाएको एसपी पोखरेलले भन्नुभयो । प्रहरी हवल्दार जैसवाल वास्तमै सरल स्वाभाव भएको, कोभिडको समयमा देखाएको साहस, स्थानियहरु सँग गरेको राम्रो व्यहारले नै गर्दा आज इन्टेग्रिटी आइकन मार्फत पुरस्कृत भैरहेको छ एसपी पोखरेलले भन्नुभयो । म प्रहरी संगठन तथा सर्लाही प्रहरीकोे तर्फबाट अकाउन्टविलिटी ल्याब नेपाललाई जैसवाललाई सम्मान गर्न योग्य समझेकोमा हार्दिक अभार सहित धन्यवाद समेत दिन चाहन्छु, एसपी पोखरेलले भन्नुभयो ।

इन्टेग्रिटी आइकन नेपालमा छनोट भएकालाई ल्याबले मंसिर २४ गते काठमाडौंमा सम्मान गर्ने भएको छ । ल्याबले छनोट भएका राजेश जैसवाल सहित कल्पना अधिकारी, इन्जिनियर, सडक विभाग, काठमाण्डौ, मोहन कृष्ण महर्जन, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाण्डौ , रोशनी देवी कार्की, उपसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाण्डौ र सुजन कुमारी बर्देवा, शाखा अधिकृत, सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बु गरी पाँच जनालाई सम्मानपत्र र ट्रफीसहित सम्मान गर्ने अकाउन्टबिलिटी ल्याब नेपालका सहायक निर्देशक सुरेश चन्दले बताउनुभयो ।‘राम्रो काम गर्ने सार्वजनिक संयन्त्रका कर्मचारीलाई बाहिर ल्याई उनीहरुलाई उत्प्रेरणा–हौसला दिई नराम्रो काम गर्नेलाई पनि पाठ सिकाई जिम्मेवार र उत्तरदायी बनाउनु आइकनको काम हो,’ कार्यकारी निर्देशक चन्दले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.