१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रवि लामिछानेलाई सर्लाहीमा भब्य स्वागत – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

रवि लामिछानेलाई सर्लाहीमा भब्य स्वागत

सर्लाही २३ कार्तिक । नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष रवि लामिछानेलाई सर्लाहीवासीले भावि प्रधानमन्त्री भन्दै स्वागत गरेकाे छ ।

नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका लागि सर्लाहीबाट प्रतिनिधि सभाकाे समानुपातिक उमेदवार रजिया खातुनकाे नेतृत्वमा हरिवन तथा सदर मुकाम मलंगवामा उपस्थित भएका हजाराै स्थानीयवासीहरूले घण्टीमा मतदान यसपाली स्वतन्त्र पार्टीको सरकार भनदै अध्यक्ष लामिछानेलाई स्वागत गरेकाे हाे ।

हरिवन तथा मलंगवामा भएकाे काेण सभालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले यसपाली यहाका जनताले जातपात र समुदाय भनदा माथि उठेर घण्टीमा मतदान गर्न आग्रह गर्नुभयाे ।

३० बर्ष देखि लगातार यहाका जनताले उमेदवार जिताएर पठाएपनि जिल्लाका सबै क्षेत्र ३० पहिला जस्तो थियाे अहिले पनि केही परिवर्तन नभएकाले अामुल परिवर्तनकाे लागि यहाका जनताले सहि ठाउमा मतदान गर्नुपर्ने अध्यक्ष लामिछानेले सुझाएका थिए ।

कार्यक्रममा सहभागी अाम जनताले भने सबै पार्टीलाई हामिले देखि सके कसैले केही गरेकाे छैन । त्यैले यसपाली नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीकाे घण्टी छापमा मतदान गर्ने वहाहरूले बताएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.