१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कांग्रेस नेता श्रेष्ठलाई पुनः कारवाहीको सिफारिस – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

कांग्रेस नेता श्रेष्ठलाई पुनः कारवाहीको सिफारिस

सर्लाही,२५ कार्तिक । नेपाली कांग्रेसको सर्लाही क्षेत्र नं. १ समितिले पूर्व आमन्त्रित केन्द्रिय सदस्य एवं नेपाल सरकारका पूर्व पशुपंक्षि विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठलाई कारवाहीको सिफारिस गरेको छ ।

केन्द्रिय महाधिवेशन प्रतिनिधि श्रेष्ठले क्षेत्रीय कार्य समितिको निर्देशनलाई बेवास्ता गर्दै गठवन्धनका उम्मेदवारलाई सहयोग नगरेको, बरु स्वतन्त्र उम्मेदवारको प्रचारप्रसारमा सरिक भएको आरोप लगाउँदै दोस्रो पटक कारवाहीको सिफारिस गरिएको हो ।

क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीद्वारा हस्ताक्षरित कारवाहीको सिफारिस पत्र आज सर्लाही आइपुग्नुभएका पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रकै अनुसशान समितिका संयोजक आनन्दप्रसाद ढुंगानालाई बुझाइएको छ ।

पत्रमा कात्तिक २३ गते बसेको क्षेत्रीय कार्य समितिको बैठकले कांग्रेसको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको उल्लेख छ ।

क्षेत्रीय समितिको पत्र बुझ्दै केन्द्रीय अनुशासन समितिका संयोजक ढुंगानाले कसैलाई पार्टीको निर्णय विरुद्ध लाग्ने छुट नरहेको र यदी निर्णयको अवज्ञा गरी विधान बमोजिम कारवाही हुने बताउनुभएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.