२४ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
वैदेशिक रोजगारमा देखिएका ठगी नियन्त्रण गर्न आईटी आर्मीले अगुवाई गर्ने – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

वैदेशिक रोजगारमा देखिएका ठगी नियन्त्रण गर्न आईटी आर्मीले अगुवाई गर्ने

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले बैदेशिक रोजगारीमा ठगिएका आम नेपालीको हकहित एवं अधिकारका लागि आवाज उठाउँने भएको छ । आज आजपा केन्द्रीय कार्यालय काठमाडौंमा बसेको बैठकले बैदेशिक रोजगारीमा ठगिएका श्रमिकलाई न्याय दिलाउँन तथा ठग मेनपावर र एजेण्टरुलाई कानूनी दायरामा ल्याउँन दवाव सृजना गने उदेश्यले एक संघर्ष समिति समेत गठन गरेको छ ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा वैदेशिक रोजगार पीडित संघर्ष समिति गठन भएको छ । सो समितिले बैदेशिक रोजगारमा ठगिएका श्रमिकलाई न्याय दिलाउँनका लागि संघर्षका बिभिन्न कार्यक्रम गर्ने आईटी आर्मीका केन्द्रीय सदस्य नविन साहले बताए । ‘यस ऐतिहासिक बैठकले वैदेशिक रोजगारीमा ठगिएका आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई न्याय दिलाउन तथा ठग मेनपावर र ऐजेन्टहरुलाई कानूनी दायरामा ल्याउन दबाव सृर्जना गर्न वैदेशिक रोजगार पीडित संघर्ष समिति गठन गर्दै संगठनको महत्वपूर्ण कार्यविभाजन सहित जनसंघर्ष संगसगैं संगठन विस्तारलाई तिव्रताका साथ अगाडि बढाउने निर्णय भएको छ’ आईटी आर्मीको बसेको बैठकले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले बैदेशिक रोजगारमा गएका तर बिभिन्न मेनपावर एवं एजेण्टका कारण ठगिएका नेपाली श्रमिकको पक्षमा र उनीहरुको हकअधिकारका लागि आवाज उठाउँन आवश्यक रहेको बताए । ‘नेपाली श्रमिकहरु आफ्नो श्रम तथा खुनपसिना बैदेशिक रोजगारमा गएर दिईरहेका छन् । तर केही दलाल एवं वदमास मेनपाव र एजेण्टका कारण उनीहरु दुखमा छन्, समस्यामा छन् ।

उनीहरुको हकअधिकारको बारेमा बोलिदिने, लडिदिने यहाँ कोही पनि भएन् । आईटी आर्मीले उनीहरुको आवाज बन्नुपर्छ’ साहले भने । सामाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्ध रही आम जनताको लोकतन्त्र प्राप्तिका लागी आईटी आर्मी अझै सक्रिय हुनुपर्ने उनले बताए । समाजमा फैलिरहेको भ्रम, द्वन्द्व र विभाजनको स्थितिलाई सुचनाप्रबिधीको माध्यमबाट नागरीकलाइ सुसुचीत पार्दै देशलाइ समृद्धीतर्फ अगाडी बढाउने उदेश्यले गठीत आइटी आर्मी आजपाको रिड रहेको रहेको स्मरण गरे ।

यस्तै सुचना प्रबिधीको प्रयोग, जानकारी र उपभोगबाट राज्यको शासनसत्तामा आमजनताको सहभागिता र उत्पादनमा श्रमिक र सर्वहारावर्गको स्वामित्व स्थापितगर्दै देशमा सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृद्धि एवं सफलमुलुक स्थापित गर्नका लागी आइटी आर्मी कृयाशिल रूपमा काम गर्न उनले निर्देशन दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.