१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले गरे मतदान – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले गरे मतदान

सर्लाही,४ मंसिर । मंसिर ४ गते अर्थात आज सर्लाही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका पूर्व उपप्रधानमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले क्षेत्र नं १ स्थित चन्द्रनगर –२ बबरगंज बाट मतदान गर्नुभएको छ । उहाले बरगंज स्थित रहेको दुर्गा खोभारी जन्ता माबि मतदान केन्द्र बाट मतदान गर्नुभयो ।


२०७० सालको दोस्रो संविधानसभा चुनावमा एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टी (नेसपा) का वरिष्ठ नेता महेन्द्र राय यादव यस पटक पनि सर्लाही क्षेत्र नम्बर २ बाटै चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यादवले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर तथा महतोले आफ्नै पार्टी लोसपाको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । २०७० सालको दोस्रो संविधान सभाको चुनावमा यादव र महतो एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्नुभएको थियो । त्यतिबेला सद्भावना पार्टीबाट उम्मेदवारी दिएका महतोलाई हराउँदै तराई मधेस सद्भावना पार्टीबाट उम्मेदवार बनेका यादव निर्वाचित हुनुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.