१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
कौडेना गा.पा. अध्यक्ष रुपेशले नेपाली क्रिकेट टिमलाई रु. पाँच लाख दिने घोषणा गरे – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

कौडेना गा.पा. अध्यक्ष रुपेशले नेपाली क्रिकेट टिमलाई रु. पाँच लाख दिने घोषणा गरे

सर्लाही,१८ भदौ । सर्लाहीको कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले नेपाल क्रिकेट टिमलाई रु. पाँच लाख दिने घोषणा गर्नुभएको छ ।

भारत विरुद्ध नेपालका क्रिकेट खेलाडीहरुले राम्रो प्रदर्शन गरेको भन्दै प्रोत्साहन स्वरुप अध्यक्ष यादवले गाउँपालिकाको तर्फ बाट रु. पाँच लाख दिने घोषणा गर्नुभएको छ ।
नेपाल क्रिकेट टिमले एशिया कपमा राम्रो प्रदर्शन गरेकोमा भन्दै शुभकामना दिदै कौडेना गाउँपालिकाकाको तर्फबाट नेपाल क्रिकेट टिमलाई रु पाँच लाख नगद उपहार स्वरुप प्रदान गर्ने अध्यक्ष यादवले बताउनुुभयो ।

एसिया कप–२०२३ मा नेपाल र भारतबीचको जारी खेल वर्षाले प्रभावित बनेको छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलको दोस्रो इनिङ्सको तेस्रो ओभर चल्दै गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । नेपालले दिएको २३१ रनको लक्ष्यसहित ब्याटिङका लागि आएको भारतले २.१ ओभरको खेल सकिँदा विकेट नगुमाई १७ रन जोडेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.