६ कार्तिक २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कांग्रेस र एमालेको गलत नीति र नेतृत्वका कारण मुलुकले ठुलो क्षति व्यहोर्नुपर्यो : प्रभु साह – Nigrani Today
ताजा खबर

कांग्रेस र एमालेको गलत नीति र नेतृत्वका कारण मुलुकले ठुलो क्षति व्यहोर्नुपर्यो : प्रभु साह

रौतहट, ५ कात्तिक ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले कांग्रेस र एमालेको गलत नीति र नेतृत्वका कारण मुलुकले ठुलो क्षति व्यहोर्नुपरेको बताएका छन ।

रौतहटको राजदेवी नगरपालिकाको पथरामा आज आजपाद्वारा महापर्व दिपावली, छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रमुख दलका भ्रष्ट नेताले नेतृत्व नछाडे मुलुक र जनताले अझै दुख पाउन सक्ने बताए ।

`यो कांग्रेस, एमालेका भ्रष्ट नेताका कारण मुलुक र जनताले ठुलो क्षति व्यहोर्नुपरेको छ । गलत नीति र नेतृत्वका कारण जनताले दुख पाउदैछन । तर पनि केपी ओलीहरु नेतृत्व छोडन मन्दैन्न,´ आजपा अध्यक्ष साहले भने, `मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन कांग्रेस र एमालेले नै संस्थागत र संगठित रुपमा गरे । त्यसको परिणाम अहिले देखि नै रहेका छौ । त्यसैले यी भ्रष्ट नेताले नेतृत्व नछाडे सम्म मुलुक बन्दैन ।´

कांग्रेस र एमाले सतामा पुग्नबितिकै भ्रष्टाचार, लुटलाई संगठित रुपमा गर्ने अगाडि बढाउने काम गरेको उनले गम्भीर आरोप लगाए ।

कांग्रेस र एमालेमा नेतृत्व परिवर्तनमा जति ढिलाइ हुन्छ मुलुक र जनताले त्यतिनै दुख पाउने उनले बताए । कंग्रेस र एमालेमा भएका राम्रा नेताले भ्रष्ट नेताको बिदाई गर्नमा ढिलाइ गर्न नहुने उनले बताए ।

कांग्रेसमा बिपिको र एमालेमा पुष्पलाल, मदनकुमार भण्डारीको बिचार बोक्ने नेताले यी भ्रष्ट नेतालाई बोक्नै नसक्ने आजपा अध्यक्ष साहले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button