१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पूर्व मन्त्री प्रभु साह आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतका साथ अगाडी – Nigrani Today
मधेश प्रदेशराजनीतिसमाचारस्थानीय

पूर्व मन्त्री प्रभु साह आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतका साथ अगाडी

रौतहट ।प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भएको मतदानको मतगणना जारी छ । प्रतिनिधि सभा सदस्यका लागि रौतहट ३ मा जारी मतगणना अनुसार स्वतन्त्र उम्मेदवार रहेका पूर्व मन्त्री प्रभु साह आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतका साथ अगाडी छन् ।

रौतहट क्षेत्र नं. ३ बाट लगातार तीन पटक देखी बिजयी हुदै आएका साह ६२ सय ५३ मत सहित अगाडी छन् । नेकपा एमाले सहितका दलले समर्थन गरेका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाल ३७ सय ५१ मत सहित दोस्रो स्थानमा रहेका छन् । आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतका साथ आगाडी रहेका साह चौथो पटक सांसदमा बिजयी हुने संकेत देखिन्छ ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका रबिन्द्र पटेल धिरले १७ सय ५९ मत सहित तेस्रो स्थानमा रहेका छन् । धिरजलाई माओवादी केन्द्रले साधारण सदस्य समेतबाट कारवाही गरिसकेको छ । धिरजलाई कारवाही गरेको माओवादी केन्द्र सहित सत्तारुढ पाँच दलीय गठबन्धनले साहलाई समर्थन गरेको थियो । तर केन्द्र स्तरबाट समर्थन गरिए पनि सो क्षेत्रमा साहलाई भनेजस्तै अन्य दलले सहयोग गरेका थिएनन् ।

एमाले, कांग्रेस, जसपा सहितका प्रमुख दलले साहलाई असयहोग गर्दै जैसवाललाई सघाएका थिए । तर रौतहट सहित देशैभरी बिकास गरेका कारण साहलाई सर्वसधारण मतदाताले मन पराउँने कारणले साहको लोकप्रियता बढदै गएको छ । सोही कारण साह पुन बिजयी हुने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.