१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सप्तरी क्षेत्र नम्बर २ (क) र (ख) मा जनमत पार्टीका उम्मेदवार विजयी – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सप्तरी क्षेत्र नम्बर २ (क) र (ख) मा जनमत पार्टीका उम्मेदवार विजयी

सप्तरी, ६ मंसिर । सप्तरीको क्षेत्र नम्बर २ (क) को प्रदेश सभा सदस्यमा जनमत पार्टीका सतिश कुमार सिंह विजयी हुनुभएको छ ।
सिंहले १६ हजार ७३४ मत ल्याएर विजयी हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जानकारी दिएको छ।
उहाँको निकट्तम प्रतिद्वन्द्वी जसपाका शैलेन्द्रप्रसाद साहले ८ हजार २९२ मत र सत्ता गठबन्धनबाट लोसपाका सरोजकुमार मण्डलले ६ हजार १३२ मत ल्याउनु भएको छ ।
त्यस्तै सप्तरीको प्रदेश सभा २ (ख) मा पनि जनमत पार्टीका महेश प्रसाद यादव विजयी हुनु भएको छ। यादवले १३ हजार ३२५ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँको निकट्तम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मतमा सिमित हुनु भएको छ भने जनता समाजवादी पार्टीका उम्मेदवार लक्ष्मण यादवले ५ हजार ६२१ मत प्राप्त गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.