१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
एनएमबी बैंकले ग¥यो पत्थरकोटका किसानसँग अन्तरक्रिया – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

एनएमबी बैंकले ग¥यो पत्थरकोटका किसानसँग अन्तरक्रिया

लालबन्दी ।। नेपालका बैंकहरु किसानमुखि भएनन् भन्ने आरोप लागिरहेको बेला लालबन्दी स्थित एनएमबी बैंकले भने किसानहरुसँग अन्तरक्रिया गरेको छ ।

केही महिनाअघि मात्रै लालबन्दीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको एनएमबी बंैकले लालबन्दी नगरपालिका १२ का किसानहरुसँग किसान अन्तरक्रिया तथा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम गरेको हो ।

लालबन्दी नगरपालिका १२ का पत्थरकोट तथा जियाजोर क्षेत्रका दुई सय बढी किसानहरुको सहभागितामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई बंैकका केन्द्रीय कार्यलयका लघुवित्त मेनेजर शरद पौडेलले सहजीकरण गर्नुभएको थियो ।

उहाँले एनएमबी बैंकले किसानहरुलाई दिने सहुलियतपूर्ण कर्जा के हो रु यसका प्रक्रियाहरु के के हुन रु भन्ने बारेमा जानकारी दिनुभएको थियो । उहाँले बैंकले उपलब्ध गराउने अन्य सेवाहरुका बारेमा पनि सहभागिहरुलाई जानकारी गराउनुभएको सो बैंकका लालबन्दी शाखाका प्रवन्धक अरुण आचार्यले जानकारी दिनुभयो ।

कृषक अन्तरक्रिया तथा वित्तिय साक्षरता कार्यक्रमको सञ्चालन भने वैंकका ऋण अधिकृत सरोज पोखरेलले सञ्चालन गर्नुभएको थियो । एनएमबी बैंक द फाईनान्सियल टाईम्स लण्डनको द ब्याङ्कर पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित बैंक हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.