१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
महिला जनप्रतिनिधिहरुको प्रशिक्षण तालिम समपन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाज

महिला जनप्रतिनिधिहरुको प्रशिक्षण तालिम समपन्न

प्रदीप दास, रौतहट
असाेज २७ गते , बिहीबार ।रौतहटको गढीमाई नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधीहरुका लागि प्रारम्भिक प्रशिक्षण तेस्रो मोड्यूलको तालिम आज गरुडाको आशिर्वाद होटलमा समपन्न भएको छ ।

स्वीस सरकार विकास सहयोग एस.डी.सी. तथा अष्ट्रेलियन एड को आर्थिक सहयोग तथा IFES नेपालको प्राविधिक सहयोग र माण्डवी रौतहटको आयोजनामा संचालित शी लिडस परियोजना अन्तर्गत गढीमाई नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नेतृत्व क्षमता, सीपको विकास सम्बन्धि ४ दिने तालिम आज समपन्न भएको हो ।

स्थानीय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरुलाई चाहिने सीप र ज्ञान प्रदान गर्ने, आत्मविश्वास बढाउन,लैङ्गिक सामानता प्रवद्धन तथा लैङ्गिक सामानतालाई संरक्षण गर्ने उदेश्यले ४ दिने तेस्रो मोड्युलको तालिम सँचालन गरिएको परियोजनाको अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो ।

तालिममा सिकेका,बुझेका कुराहरु आफु भित्र मात्र सिमित नराखि समुदाय तथा व्यवहारमा लागु गर्नु पर्ने तथा यस तालिम कार्यक्रमले महिला जनप्रतिनिधीहरुको आफनो भुमिका निर्वाह गर्न थप उर्जा तथा क्षमताको विकास हुने समेत अनुगमन अधिकृत दासले जानकारी गराउनु भयो ।

यसअघि पहिलो र दोस्रो मोड्युलको प्रारम्भिक प्रशिक्षणमा सहभागी भइसकेका गढीमाई नगरपालिका महिला जनप्रतिनिधिहरुलाई तेस्रो मोड्युलको तालिममा प्रशिक्षकहरुले सहभागीहरुलाई समूहकार्य,बैठकको योजना र व्यवस्थापन ,स्थानीय तहको विधायिकी कार्य प्रणाली, सक्रिय सुनवाइ ,संजालिकरण,संचार माध्यमसँग सहकार्य,विकास ,समुदाय परिचालन र व्यक्तिगत विकासका लक्ष्य तथा कार्ययोजनाको विषयमा समेत जानकारी गराएको परियोजना सँयोजक मुनिलाल वैठाले बताए ।

शी लिड्स परियोजना मधेश प्रदेशका ५ वटा जिल्ला बारा, रौतहट,सर्लाही, महोतरी र धनुषाका २८ वटा नगरपालिकाहरुमा सँचालित छन भने रौतहट जिल्लाका गौर नगरपालिका, चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, गढीमाई नगरपालिका,वृन्दावन नगरपालिका र बौधीमाई नगरपालिकाहरुमा सँचालित छन् ।

हाल सम्म यस परियोजना अन्तर्गत माण्डवीले तेस्रो मोडयुलको तालिम बौधीमाई नगरपालिक,गरुडा नगरपालिका र गढीमाई नगरपालिका गरी ३ वटा नगरपालिकामा सम्पन्न गरि सकेको अनुगमन अधिकृत दासले जानकारी गराउनु भएको थियो ।

स्थानीय तहमा महिला वडा सदस्यहरु तथा महिला कार्यपालिका सदस्यहरुको भुमिकाहरु, क्षमता विकास,आत्मविश्वास बढाउने उदेश्यले सो तालिमको आयोजना गरिएको प्रशिक्षक पुनम ठाकुरले जानकारी दिए ।
मोडयूल तेस्रोको ४ दिने तालिमबाट हामी महिला जनप्रतिनिधिहरुले आफनो व्यक्तिगत विकासका लागि आगामी कार्ययोजना तथा लक्ष्य समेत निर्माण गरेसँगै सँचार माध्यमसँग सहकार्य गर्ने तरिका,विकास निर्माणमा खेल्न सक्ने भुमिका, समुदाय परिचालन सम्बन्धि जानकारी तथा ज्ञान पाएको र यसले हाम्रो व्यक्तिगत विकास लगायत भविष्यमा हाम्रो नगरपालिकाको विकासमा समेत भुमिका खेल्ने तालिमका सहभागी तथा गढीमाई नगरपालिका वार्ड नं.८ का महिला वडा सदस्य सुनिता देवी पासवानले बताउनु भयो ।

तालिम असोज २४ गते देखि २७ असोज सम्म चलेको थियो । सो प्रारम्भिक तालिममा सकृय सहभागी भई प्रशिक्षण लिनु भएका गढीमाई नगरपालिकाका महिला जनप्रतिनिधीहरु लगायत तालिमका प्रशिक्षक सँजय यादव,पुनम ठाकुर तथा माण्डवीका सामाजिक परिचालक सुरेन्द्र यादव ,ममता सिँहलाई समेत अनुगमन अधिकृत दासले धन्यवाद दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.