१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाली कांग्रेसका बागी उम्मेदवार सिंहले नेपाली कांग्रेसकै उम्मेदवार पराजित गरे – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

नेपाली कांग्रेसका बागी उम्मेदवार सिंहले नेपाली कांग्रेसकै उम्मेदवार पराजित गरे

सर्लाही,८ मंसिर । प्रतिनिधि सभा सदस्यमा सर्लाही क्षेत्र नं. ४ बाट डा.अमरेश कुमार सिंह निर्वाचित हुनुभएको छ ।स्वतन्त्र उम्मेदवार डा. सिंहले २००१७ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदार सिंहले नेपाली कांग्रसकै उम्मेदवार नागेन्द्र कुमार रायलाई १७६४ मतान्तरले पराजित गर्नुएभएको छ । रायले १८२५३ मत प्राप्त गर्नुभएको क्षेत्र नं. ४ को निर्वाचन अधिकृत शम्भु बरालले जानकारी दिनुभयो ।

सत्ता गठबन्धन बाट प्रतिनिधि सभामा टिकट नपाएपछि डा. सिंहले माछा चुनाव चिन्ह लिएर चुनावी प्रतिस्प्र्धामा उत्रिएका थिए । यसैगरी संविधान सभा सदस्य शिवपुजन रायको छोरी स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४६२२ मत प्राप्त गरी तेश्रो स्थान प्राप्त गरेकी छन ।

यसैगरी क्षेत्र नं. ४ कै प्रदेश सभा (क) र (ख) मा सता गठबन्धनकै उम्मेदवार निर्वाचित हुनुभएको छ । मधेश प्रदेश सभा सदस्यमा क्षेत्र नं. ४ (क) मा दोश्रो कार्यकालको लागि नेपाली कांग्रेसका उम्मेदवार बिरेन्द्र प्रसाद सिंह निर्वाचित हुनुभएको छ । उहाले १५६९३ मत ल्याएर विजयी भएका छन । सिंहको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु रायले १४६१६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी प्रदेश सभा (ख) मा माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो विजयी भएको छ । महतो ८०३३ मत ल्याएर विजयी भएका छन । महतोको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवी यादव ७६७६ मत प्राप्त गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.