१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा मोटरसाइकल एक आपसमा जुध्दा एक प्रहरी हवल्दारसहित २ जनाको मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा मोटरसाइकल एक आपसमा जुध्दा एक प्रहरी हवल्दारसहित २ जनाको मृत्यु

सर्लाही,८ मंसिर । : सर्लाहीको बाँके जंगलमा ३ ओटा मोटरसाइकल एक आपसमा जुध्दा एक प्रहरी हवल्दारसहित २ जनाको मृत्यु भएको छ, ३ जना घाईते भएका छन ।

बिहिवार बेलुकी ६ बजेको समयमा ईश्वरपुर नगरपालिका १२ अन्तर्गत पुर्व पश्चिम राजमार्गको बाँके सडकखण्डमा ३ वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पुर्वबाट पश्चिम आउँदै गरेको प्रदेश २-०२-००३ प ९१७८ नम्बरको मोटरसाइकलसँग बिपरित दिशाबाट जाँदै गरेको प्रदेश २-०३-०१७ प ७१८७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको र सोही समयमा पुर्बबाट पश्चिम आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल समेत ठोक्किँदा एक जना नेपाल प्रहरीका हवल्दारसहित अर्का एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २३ पोखरीयाटोल बस्ने बर्ष ३६ को राम लोचन पटेल र पर्साको साबिक मिर्जापुर गाबिस १ घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत बर्ष ३८ को प्रहरी हवल्दार बाबुलाल प्रसाद साह रहेका छन । उनीहरुको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

दुर्घटनामा परि अन्य ३ जना घाइते भएका छन । घाईते हुनेहरुमा पर्सा जिल्लाकै वीरगन्ज २३ सबैठवा बस्ने बर्ष २३ को सोनेलाल प्रसाद यादव छ्न । उनको लालबन्दीस्थित गढिमाई हस्पिटलमा उपचार भईरहेको छ । उनको खुट्टा, हात र शरिरमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सिरहा जिल्ला कर्जन्हा नगरपालिका ११ बस्ने बर्ष ५० को चन्देश्वर महतो पनि घाइते भएका छन । उनको दाहिने हात र शरिरमा चोट लागेको छ । उनलाई सत्यनाम हेल्थ केयर नवलपुरमा राखेर उपचार भईरहेको छ । त्यस्तै महतोकी श्रीमती बर्ष ४५ की जयन्ती कुमारी महतोको पनि अनुहार र निधारमा चोट लागेको छ । उनको अवस्था पनि मध्यम रहेको सत्यनाम हेल्थ केयर नवलपुरमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (ईन्स्पेक्टर) ईश्वर कार्किले बताउनुभयो ।

दुर्घटनामा परेका ३ ओटै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र बाँकी आवश्यक अनुसन्धान भईरहेको बताईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.