१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही क्षेत्र नं –३ मा एमालेका हरि प्रसाद उप्रेती निर्वाचित – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही क्षेत्र नं –३ मा एमालेका हरि प्रसाद उप्रेती निर्वाचित

सर्लाही,९ मंसिर । सर्लाही क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार हरि प्रसाद उप्रेतीले सता गठबन्धनका उम्म्ेदवारलाई पराजित गर्दै निर्वाचित हुनुभएको छ । उप्रेतीले ३२९३८ मत ल्याएर विजयी हुनुभयएको छ ।

उहाको निकटम प्रतिद्धन्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साह कलवारले ३२१६८ मत प्राप्त गर्नुभयो । उप्रतीले कलवारलाई ७७० मतान्तरले पराजित गरि निर्वाचित हुनु भएको छ । उप्रेती यस अघि संविधान सभा सदस्यमा पनि निर्वाचित भएको थियो ।

निर्वाचित नायक निखिल उप्रेतीका दाई हुन । यसैगरी जनमत पार्टीका उम्मेदवार त्रिभुवन कुमार सिंहले ५५१९ मत प्राप्त गर्नुभयो ।क्षेत्र नं. ३ मा प्रदेश सभा क मा स्वतन्त्र उम्मेदवार फकिरा महतो निर्वाचित भएका छन भने प्रदेश सभा ख मा एमाले जसपा गठबन्धनका उम्म्मेदवार संजय यादव निर्वाचित भएका हुन ।

क्षेत्र नं. ३ सँगै सर्लाहीमा ३ प्रतिनिधि सभाको नतिजा सार्वजनिक भैसकेको छ । क्षेत्र नं. १ मा सता गठबन्धन र क्षेत्र नं. ४ मा स्वतन्त्र उम्मेदवारले जित निकालेको छ भने क्षेत्र नं. २ को गणना भैइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.