२६ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सर्लाही क्षेत्र नम्बर २मा महिन्द्र राय यादवले मतान्तर बढाउँदै – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

सर्लाही क्षेत्र नम्बर २मा महिन्द्र राय यादवले मतान्तर बढाउँदै

सर्लाही, १० मंसिर ।सर्लाही क्षेत्र नम्बर २ को मतगणना अनुसार नेपाल समाजवादी पार्टी नेसपाका उम्मेदवार
महिन्द्र राय यादवले मतान्तर बढाउँदै जानुभएको छ ।

रायले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार राजेन्द्र महतोसँग १ हजार ९ सय ४५ मत को मतान्तर बढाउनु भएको हो। नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथाैडाबाट उम्मेदवारी दिनुभएका रायले २० हजार ७३८ मत प्राप्त गर्नुभएको छ।

उहाँका निकटतम प्रतिस्पर्धी लोसपाका उम्मेदवार महताेले १८ हजार ७९३ मत ल्यानुभएको छ । यो समाचार तयार पार्दासम्म ६६ हजार २३० मत मतगणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस निर्वाचन क्षेत्रमा एक लाख १६ हजार २ सय २३ मतदाता रहेका छन । त्यसमध्ये आइतबार सम्पन्न निर्वाचनमा ७४ हजार १५५ अर्थात ६४.३२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।

अब करिव ८ हजार ५०० भन्दा बढी मत मात्र गन्न बाँकी रहेको बताएको छ । त्यस्तै अर्को उम्मेदवार नेकपा एमालेका राजनारायण साहले १३ हजार ६४३ मत प्राप्त गर्नुभएको छ। मत परिणाम शनिबार दिउँसोसम्म सार्वजनिक हुने बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.