१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही क्षेत्र नं. २ (ख) मा रोचक प्रतिस्पर्धा, ३२८ मतान्तरले रायको अग्रता – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही क्षेत्र नं. २ (ख) मा रोचक प्रतिस्पर्धा, ३२८ मतान्तरले रायको अग्रता

मलंगवा,१० मंसिर । सर्लाही क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ । मधेश प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार कौशल किशोर राय, जन्ता समाजवादी पार्टीका अशोक कुमार यादव र लोकतान्त्रिक समाजवादी पार्टी,नेपालका उम्मेदवार मेथुर चौधरी बिच रोचक प्रतिस्पर्धा भैरहेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार रायले ८८२२, लोकतान्त्रिक समाजवादी पार्टी,नेपालका उम्मेदवार मेथुर चौधरीले ८४९४ र जन्ता समाजवादी पार्टीका यादवले यो समाचार तयार पार्दा सम्म ८३११ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवा रायले लोकतान्त्रिक समाजवादी पार्टी,नेपालका उम्मेदवार चौधरीलाई उछिटदै ३२८ मतले अग्रता कायम गरेको छ भने जनता समाजवादी पार्टीका उम्मेदवार यादव सँग ५११ मतान्तरले अग्रता कायम गरेको छ ।

सर्लाही क्षेत्र नं. २ (ख) मा कसले बाजी मार्ने विषयमा अहिले सबैमा चर्चा चुलिएको छ । लगभग तिनवटै उम्मेदवार कडा प्रतिस्पर्धा गरिरहेको छ । सर्लाही क्षेत्र नं. २ (ख) को मतगणना भने अन्तिम चरणमा भैरहेको क्षेत्र नं. २ को निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी सर्लाहीमा ३ प्रतिनिधि सभा र सात प्रदेश सभाको नतिजा सार्वजनिक भएको छ । क्षेत्र नं. १ मा सता गठबन्धनको प्यानल नै विजय भएको छ भने क्षेत्र नं. ३ मा एमाले जसपा गठबन्धनका उम्मेदवार र क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार विजयी भएका छन । यसैगरी सर्लाहीमा ८ प्रदेश सभा सदस्य मध्ये ७ वटा प्रदेश सभाको नतिजा सार्वजनिक भएको छ ।

क्षेत्र नं. १ र ४ मा सता गठबन्धनका उम्मेदवार विजयी भएका छन भने क्षेत्र नं. ३ मा स्वतन्त्र र एमाले जसपा गठबन्धनका उम्मेदवार विजयी भएका छन । यसैगरी क्षेत्र नं. २ (क) मा सता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन भने (ख) मा गणना भैरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.