९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा परिवार नियोजन बन्ध्याकरण घुम्ति शिविर सुरु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा परिवार नियोजन बन्ध्याकरण घुम्ति शिविर सुरु

सर्लाही,१३ मंसिर ।सर्लाहीमा परिवार नियोजन बन्ध्याकरण घुम्ति शिविर सुरु भएको छ। स्वास्थ्य कार्यलय सर्लाहीको आयोजनामा मंगलवार बाट प्रादेशिक अस्पताल मंलगवामा परिवार नियोजन बन्ध्याकरण घुम्ति शिविर सुरु भएको छ । शिविर १७ गते समापन हुने स्वास्थ्य कार्यलय सर्लाहीले जनाएको छ ।

शिविरमा मिनिल्याप र भ्याक्टोमी अपरेशन क्याम्प, पाठेघर खस्ने रोगको परिक्षण तथा उपचार, पाठेघरको मुखको क्यान्सर जाँच,यौन रोगको उपचार लगायतको सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवलकिशोर झाले जानकारी दिनुभयो ।यसैगरी शिविरमा महिला र पुरुष दुवै जनाको बन्ध्याकरण गरिने छ ।

सर्लाहीमा १७ गते पश्चात सर्लाहीका १७ वटा पालिकामा मिनिल्याप र भ्याक्टोमी अपरेशन क्याम्प सुरु गरिने स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । यसैगरी प्रादेशिक अस्पताल मलंगवामा मिनिल्याप र भ्याक्टोमी अपरेशन क्याम्प सेवा लिएका केहि महिलाहरुलाई हर्लिक्स समेत प्रदान गरिएको स्वास्थ्य कार्यालयका प्रतिनिधि पशुपति यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रादेशिक अस्पताल व्यवस्थापन समिति अध्यक्ष सतिस साह मलंगवा नगर प्रमुख नागेन्द्र प्रसाद यादब, प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम,परिवार नियोजन संघका प्रतिनिधि डा. प्रमोद यादव लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.