१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
ब्रह्म्पुरीका युवाहरुले हुलाकी राजमार्ग अवरुद्ध गदैै टायर बालेर गरे प्रदर्श – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

ब्रह्म्पुरीका युवाहरुले हुलाकी राजमार्ग अवरुद्ध गदैै टायर बालेर गरे प्रदर्श

सर्लाही,२५ मंसिर । सर्लाहीको ब्रह्म्पुरी गाउँपालिकाका युवा तथा स्थानियहरुले तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग निर्माणको माग गर्दै प्रदर्शन गरेका छन । आइतवार हुलाकी राजमार्गको ठेक्केदार मुर्दावाद हुलाकी राजमार्ग छिटो बनाउ नारा सहित ब्रह्म्पुरी गाउँपालिका वडा नं. ३ मा युवाहरुहरुले टायर बालेर नै प्रदर्शन गरेको छ ।

आफुहरुले बाटो निर्माण गर्न घर समेत तोडेको अवस्था छ, सडक पुर्ण रुपमा खालि गर्दा पनि हुलाकी राजमार्ग ठेक्केकारले नबाएको वडा नं. ३ का स्थानिय युवा जगरनाथ कापरले बताए । आफुहरुले जितेका जनप्रतिनिधिहरुलाई राजमार्ग बनाउन पहल गर्न भन्दा जनप्रतिनिधिहरुले ठेक्केदारलाई नै दबाब दिन भनेपछि राजमार्ग अवरुद्ध गरेर पर्दशनमा उत्रेको स्थानिय युवा कापरले बताए ।

जब सम्म जिल्लाका प्रमुख तथा सरोकारबाला व्यक्तिहरु घटना स्थलमा नआए आफुहरुको विरोद्धको कार्यक्रम बन्द नहुने युवा कापरले बताए ।हुलाकी राजमार्ग समयमै बनाउन नसकिएपनि सडकमा नियमित पानी छिटेर धुलो उड्न रोक्ने कार्य समेत नगरेको भन्दै सडकमा उड्ने धुलोका कारण नागरीकको स्वास्थ्यमा नकरात्मक असर परिरहेको स्थानियहरुको गुणासो छ ।सडक नबन्दा तराईका हजारौं बासिन्दाले यात्रामा कठिनाई भोग्नु परीरहेको छ ।

हुलाकी राजमार्ग समयमै बनाउने भनेर प्रतिवद्धता गर्न र अलपत्र छाड्ने गरेको कारण नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले आवातजावतमै रोक लगाउने निर्णय गरेर आफूहरु सडक अबरुद्ध गर्न बाध्य भएको भेल्हीका युवाहरुले बताएका छन ।

जन्ताको माग जायज हो,विरोद्ध गर्ने तरिका भएन,बास्तवमा ठेक्केदारको लापारवाहीले यस्तो अवस्था आएको छ, ठेक्केदारलाई आफुहरुले दबाब दिने काम गरिरहेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।मंसिर मसान्त सम्म काम सक्ने ठेक्केदारले प्रतिबद्धता गरेपनि हाल सम्म राजमार्ग नबनाउनु दुखद भएको प्रजिअ गौतमले बताउनुभयो । आफुहरु निरन्तर राजमार्ग निर्माण गर्न पहल गरिरहेको प्रजिअ गौतमले बताउनुभयो ।

नागरीक समाजका अगुवा रजनिकान्त झाले दबाब दिनु स्वभाविक हो, यो कार्य पहिला नै हुनुपर्ने थियो, युवाहरुले सरकारलाई ध्यानकर्षण गर्नु राम्रो भएको बताए । नेताहरुमा कर्मठता नभएको कारण यस्तो समस्या भएको झाले बताए । यसअघि पनि सर्लाहीको कौडेना गाउँपालिका र मलंगवा नगरपालिका स्थानियहरुले नो रोड नो भोटको नारा घनकाउँदै हुलाकी राजमार्ग अवरुद्ध गरेर दल र तिनका नेता तथा उमेदवारहरुलाई आवातजावतमा रोक लगाइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.