१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चार दिने नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाज

चार दिने नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न

पुस गते ८ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा ४ दिने नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

चक्रघट्टा गाउँपालिकाको आयोजनामा आयोजित कार्यक्रममा पालिकाको ९ वटै वडाका ४८ जना युवायुवतीहरु सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई गाउँ सभा कसरी गर्ने, बजेटहरु कसरी बनाउने, युवाका लागि पालिकाले के कस्ता कार्यक्रमहरु गर्ने भन्ने बारेका प्रशिक्षण दिइएको थियो ।

सहभागीहरुलाई काठमाडौबाट आएका प्रशिक्षक रन्जन पौडेल र रन्जना नेपालले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा पालिका अध्यक्ष कृष्ण कुमार यादव, उपाध्यक्ष मीना देवी राय, प्रमुख प्रशासकीय अधिकृत सन्जीव कुमार यादव, वडाध्यक्ष दिनेश कुमार साह, नागेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.