२५ बैशाख २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कांग्रेस सांसद गुरुङ निलम्बित, एमालेका कोइरीबारे सचिवालयले निर्णय लिन सकेन – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

कांग्रेस सांसद गुरुङ निलम्बित, एमालेका कोइरीबारे सचिवालयले निर्णय लिन सकेन

काठमाडौँ । मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन्।उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको जानकारी गराउँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्राचार गरेपछि सचिवालयले गुरुङ निलम्बित भएको सूचना मंगलबार सार्वजनिक गरेको हो।

महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आयोगबाट मिति २०७९÷९÷८ मा निर्णय भएको व्यहोरा उल्लेख गरी आयोगको प.स. ०७९÷८० च.न. २७८२७, मिति २०७९÷९÷८ को पत्र यस सचिवालयमा प्राप्त हुन आएकोले प्रतिनिधिसभाका माननीय सदस्य श्री टेकबहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम मिति २०७९÷९÷८ देखि स्वतः निलम्बनमा हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ।’

भ्रष्टाचार निवारण ऐन २०५९ ले सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्ति उपर भ्रष्टाचार मुद्दा लागेमा स्वतः निलम्बन हुने कानुनी व्यवस्था गरेको छ।

उक्त ऐनको दफा ३३ ले सार्वजनिक पद धारण गरेको व्यक्तिका विरुद्ध मुद्दा लागेको अवस्थामा मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बन हुने प्रावधान छ। उनीविरुद्ध २०७५ माघ २१ गते दायर भएको भ्रष्टाचार मुद्दा अझै विशेषले फैसला गरेको छैन।

त्यस्तै महोत्तरी ३ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरीबारे भने संसद सचिवालयले निर्णय लिन सकेन। संविधान जारी भएपछि भएको आन्दोलनमा महतोले २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहाय निरीक्षक (असई) थमन बिकको हत्या गरेको आरोप लागेको छ।

एम्बुलेन्सबाट थुतेर हत्या गरेको आरोप लागेका कोइरी प्रहरीको फरार सूचीमा रहेका छन्। मंसिर ४ गते भएको चुनावमा माओवादीका गिरिराजमणि पोखरेललाई पराजित गर्दै निर्वाचित भएपछि उनी खुलमखुला हिँडे पनि प्रहरीले पक्राउ गरेको छैन।

तर प्रहरी प्रधान कार्यालयले सहयोग गरिदिन भन्दै संसद सचिवालयले पत्राचार गरेको छ। प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले कोइरीका बारेमा आफूले निर्णय लिन नसक्ने बताए। उनले भने, ‘उहाँ फरार सूचीमा रहेको भन्ने जानकारी प्रहरीले नै भनेको छ। उहाँहरुले हामीलाई सहयोग गरिदिनुप¥यो भनेर पत्र लेख्नुभएको छ। त्यसबारे हामीले के निर्णय गर्ने र?’

गुरुङ र महतो दुवैले पुस ७ गते संसद भवन नयाँ बानेश्वरमा उपस्थित भएर शपथ ग्रहण गरेका छन्।

महोत्तरी जिल्ला अदालतले महतोलाई ०७६ असोज २ गते १ लाख धरौटीमामा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा जनकपुर उच्च अदाललते उल्ट्उँदै उनलाई मुद्दा किनारा नलाग्दासम्म थुनामै राख्न र जिल्ला अदालतको आदेश कार्यान्वयन नगर्न भनेको थियो।त्यसपछि उनी पक्राउ परेका छैनन्। प्रहरीको रेकर्डअनुसार उनी फरार अभियुक्त हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.