१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुर नगर प्रमुख आचार्यको पहलमा विपन्न परिवारलाई न्यानो कपडा वितरण हुदै – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ईश्वरपुर नगर प्रमुख आचार्यको पहलमा विपन्न परिवारलाई न्यानो कपडा वितरण हुदै

सर्लाही,९ पुष । सर्लाहीको ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई न्यानो कपडा वितरण भैरहेको छ । वडा नं १,३ र वडा नं ९ गरि आज १ सय जना विपन्न परिवारलाई न्यानो कपडा वितरण भएको छ ।

ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यको पहलमा बागमती सेवा समाज नेपालले ईश्वरपुरका विपन्न नागरिकलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरिेहेको छ ।

इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोग, ईश्वरपुर नगरपालिका तथा बागमती सेवा समाज नेपालको समन्वयमा नगर प्रमुख आचर्य तथा वाग्मती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नगर प्रमुख आचर्यले ईश्वरपुरमा क्लोथ बैंकको आवश्यकता रहेको बताउनुभयो ।उहाँले बर्सेनि जाडो याममा अकालमै विपन्न नागरिकले ज्यान गुमाउने गरेको छ अब नगरपालिकाल, वागमती सेवा समाज नेपाल र इस्लामिक रिलिफ नेपालले संयुक्त रुपमा कपडा बैंक स्थापना गर्न पहल गर्ने बताउनुभयो ।

विपन्न प्रति परिवार उनिहरुले आफनो इच्छा अनुसार ८ हजार ५ सय बराबरको न्यानो कपडा लिन सक्ने वागमती सेवा समाज नेपालका कार्यक्रम निर्देशक निरज भण्डारीले जानकारी दिनुभयो ।

विपन्न परिवारहरुमा वल्यांकेट, ज्याकेट,सल,थर्मल सेट,उलेन टोपी ,मोजा,फोम,डसना तोषक,सिरक सानो साईज,उलौन कपडा,अलमुनियम केटली,मच्छर झुल लगायतको सामग्रीहरु वितरण गरिने छ । आज ५० जना विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिने छ ।
यसैगरी आजै हरिपुर नगरपालिका वडा नं ३ र ९ मा पनि न्यानो कपडा वितरण भैरहेको छ।

सर्लाहीको ईश्वरपुर र हरिपुर नगरपालिका गरि क्रमिक रुपमा १५ सय ३० जना विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिने वागमती सेवा समाज नेपालले जनाएको छ ।

कार्यक्रममा इस्लामिक रिलिफ नेपालका प्रतिनिधि हिमाल अोझा, वडा नं १ को धरमेन्द्र यादव, वडा नं ३ को विश्वनाथ सहनी , वड नं ९ का वडा अध्यक्ष नन्दलाल चौधरी, समाजसेवी सुनिता श्रेष्ठ आचर्य,नेपाली कांग्रेस नेत्री सर्मिला थापा,नारायण माविका नवनिर्वाचित व्यवस्थापन समितिको अध्यक्ष रुस्तम मिकरानी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको समाजसेवी युवा नाथुराम चौधरीले जानकारी दिनुभयो ।

E

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.