१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
प्रतिपक्षी बेन्चमा बस्ने समाचारको खण्डन गर्दै प्रभु साहले भने- चरित्र हत्या गर्ने षड्यन्त्र भयो – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

प्रतिपक्षी बेन्चमा बस्ने समाचारको खण्डन गर्दै प्रभु साहले भने- चरित्र हत्या गर्ने षड्यन्त्र भयो

काठमाडौ। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले केही संचार माध्यमले सुनियोजित रुपमा चरित्र हत्या गर्ने षडयन्त्र गरेको बताएका छन् ।

रौतहट क्षेत्र नम्बर ३ का सांसद समेत रहेका साहले पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री पदमा नियुक्त गर्न समर्थन गरेका थिए र उनले समर्थन कायम राखेका हुन् । तर केही अनलाइन संचार माध्यममा अध्यक्ष साहले प्रतिपक्षी बेन्च रोजेको समाचार सम्प्रेषण भएपछि साहले उक्त समाचारको खण्डन गर्दै सार्वजनिक रुपमा माफी माग्न ध्यानाकर्षण गराएका हुन् ।

अध्यक्ष साहले आफ्नो फेसबुकमार्फत उक्त समाचार भ्रमपूर्ण र गौरजिम्मेवार भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, “मेरो नाम जोडी संसदको प्रतिपक्षमा बस्ने भन्नी आएको संसद सचिवालय र अनलाईन खबरको भ्रमपूर्ण, कपोकल्पित एवं गैरजिम्मेवारपूर्ण समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसरी मेरो चरित्र हत्याको दुस्प्रयास गर्नु खेदजनक विषय रहेकोले शिघ्र सार्वजनिक रुपमा माफी माग्दै तत्काल स्टेटमेंट/समाचारमा सुधार गर्न माग गर्दछु ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.