१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अबैध कारोबार बन्द गर्ने सर्लाही प्रहरी प्रमुख सुवेदीको दावी – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

अबैध कारोबार बन्द गर्ने सर्लाही प्रहरी प्रमुख सुवेदीको दावी

सर्लाही,२४ पुष । सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले कानुनले बन्देज गरेका कुनैपनि गतिविधि गर्न नदिने बताउनुभएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा भरखरै सरुवा भएर आउनुभका एसपी सुवेदीले कानुनले बन्देज गरेका सबै किसिमको अबैध कारोबार आफुले कडा रुपमा बन्द गर्ने दावी गर्नुभयो ।

आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै एसपी सुवेदीले खुल्ला सीमाको फाइदा उठाउँदै लागू ओषधको कारोबार बढेकाले चाडै त्यसको अन्त्य हुने दावी गर्नुभयो सुवेदीले भन्नुभयो –ञआफु सर्लाही आएदेखि १३ जना अबैध कारोबारीलाई पक्राउ परिसकेका छन्, लागू ओषधका कारोबारी पनि पक्राउ परिसकेका छन्।

उत्तरी क्षेत्रमा अबैध तरिकाले लगाएको ठुलो परिमाणको गाँजा खेती नष्ट गरिएको छ, अझै बाँकी रहेका स्थानको खोजी गर्न टोलि परिचालन भएको छ, त्यसको सूचना पाएलगत्तै प्रहरीले नष्ट गर्छ।

तस्करी सर्लाहीको अर्को समस्या हो। पहिलेपनि यही जिल्लामा बसेर काम गरेकाो अनुभवले संभावित स्थानमा चेकजाँच कडा पारिएको छ, अब प्रहरी राजस्व बढाउने काम सक्रिय भएर लाग्नुपर्छ र बाकी रहेका सबै छोटी भन्सार खुलाउने विषयमा छलफल हुदै छ,एसपी सुवेदी भन्नुहुन्छ ।

प्रहरी नगरिएको शान्ति सुरक्षामा सधै कटिबद्ध रहेकोले त्यसको प्रत्याभूति हुनेगरी काम गर्ने सुवेदीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.