१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समाजसेवी सुन्दर श्याम रायको पहलमा न्यनो स्विटर वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

समाजसेवी सुन्दर श्याम रायको पहलमा न्यनो स्विटर वितरण

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा समाजसेवी सुन्दर श्याम रायको पहलमा न्यानो स्विटर वितरण गरिएको छ ।वडा नं. १५ हरपुरमा रहेको श्री आधारभुत विद्यालयमा अध्यनरत २५ जना गरिब,दलित,बिपन्न र जेहेन्दार बालबालिकाहरुलाइ न्यानो स्विटर वितरण गरिएको छ ।

बुधबार राज हिजियारी विरगन्जको आर्थिक सयोगमा बाल कल्याण समाज सर्लाहीले सितलहरबाट हुने जोखिम बाट वचन र बालबालिकाहरुको स्वास्थ तथा शिक्षामा कुनै नकारात्मक असर पर्न नदिने उदेश्यले उक्त न्यानो स्विटर वितरण गरिएको हो ।

मानव अधिकार रक्षक संजाल सर्लाहीका संयोजक मुकेश मिश्र, वि.व्य.स.का अध्यक्ष धुपा कुमार यादव,प्रा.वि.हिरापुरका प्र.अ. कृष्ण कान्त राय, किरण यादव शिक्षक विद्यार्थी पत्रकारको उपस्थितिमा उक्त न्यानो स्विटर वितरण गरिएको आयोजकले जनाएको छ ।

स्विटर पाएर बालबालिकाहरु ठूलो राहत पाएको शिक्षकहरुले प्रतिकृया दिएका छन । बालबालिकाहरु खुशी हुदै आउने दिनहरुमा फेरि यस्तै कार्यक्रमहरु ल्याउन अनुरोध गर्दै सहयोगी संस्था राज होजियारी र आयोजक संस्था बाल कल्याण समाज सर्लाहीलाई धन्यवाद समेत दिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.