१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
शीतलहरले गोलभेडामा डढुवा रोगको प्रकोप – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

शीतलहरले गोलभेडामा डढुवा रोगको प्रकोप

सर्लाही । सर्लाहीको उत्तरी भेगमा गोलभेडा डढुवा रोगले मर्न थालेपछि किसान चिन्तित भएका छन्। एक सातादेखि चलेको शीतलहरका कारण डढुवा रोगको प्रकोपले गोलभेडाका बिरुवा मर्ने र फल कुहिन थालेपछि किसान चिन्तित भएका हुन्।जिल्लाको कर्मैया, हरिवन, अत्रौली, सासापुर, लालबन्दी, घुर्कौली, नवलपुर पत्थरकोट, रानीगञ्ज, घारीबथानलगायतका ठाउँमा व्यावसायिक गोलभेडा खेती हुने गर्छ।

बिहान र बेलुकाको समयमा कठ्याङ्ग्रिदो चिसो र तुषारोले गोलभेडा कुहिन थालेको छ।सबै बिरुवा डढुवा रोगले मर्दै छ, गोलभेडा कुहिन थालेको छ, ढुसी नाशक बिषादी छरे पनि रोग नियन्त्रण भएन’, हरिवन नगरपालिका–२ का रामविश्वास साहले भने। उनले सवा बिघामा गोलभेडा खेती गरेका छन्।

रोग नियन्त्रणका लागि जति प्रयास गरे पनि पन्ध्र कट्ठाको बोट र फल कुहिएर कामै नलाग्ने भएको बताए।बाँकी दश कट्ठाको पनि यस्तै शीतलहर भयो भने यो पनि कुहिएर खेर जाने बताउँछन्। उनका अनुसार यस क्षेत्रमा गोलभेडा खेती गर्ने सबै किसानको यस्तै समस्या भोगिरहेका छन्।

अर्का किसान लालबन्दी–११ हीरापुरका मिलन रायले १० कट्ठामा जमिनमा ५ वर्षदेखि गोलभेडा खेती गर्दै आएका छन्। फल दिएको शुरुका दिनमा राम्रै आम्दानी लिए पनि पुस महिनाको दोस्रो सातादेखि परेको शीतलहरका कारण बिरुवामा डढुवा रोगले फल र बिरुवा मरेपछि लगानी समेत नउठ्ने चिन्ता लागेको उनले बताए।

कृषि ज्ञान केन्द्र मलंगवा, सर्लाहीका अनुसार लामो समयसम्म चिसो र शीतलहरका कारण उत्तरी क्षेत्रका व्यावसायिक रूपमा गोलभेडा खेती गरेका किसान मारमा परिरहेका छन्। बाक्लो हुस्सु र शीतलहरका कारण बिषादीले पनि काम नगरेको बताउँछन्।चिसो र शीतलहरले तापक्रम अत्यन्तै न्यून हुने र वातावरणमा आद्र्रता बढ्दा जमिनमा रहेको ढुसी सक्रिय भई डढुवा रोगको प्रकोप देखापर्ने कृषि प्राविधिकहरू बताउँछन्।

पछिल्लो समय डढुवा रोगको प्रकोपले गोलभेडा, आलु, तरकारी, तेलहन लगायतका बाली नराम्ररी प्रभावित भएको छ।जिल्लावासीले एक साताभन्दा बढी राम्ररी घाम देख्न पाएका छैनन्। शीतलहर र कठ्याङ्ग्रिदो जाडोका कारण नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ। स्रोत ः थाहखबर ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.