१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा महिला पदाधिकारीहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा महिला पदाधिकारीहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

सर्लाही,३० कार्तिक ।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा विद्यालय व्यवस्थापन समितिका महिला पदाधिकारीहरूलाई दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । मंगलवार बाट सुरु भएको तालिम आज समापन गरिएको छ ।

अष्ट्रेलियन एड, ह्याण्डीक्याप इन्टरनेशनल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, वर्लड एजुकेशन, वर्लड भिजन तथा चन्द्रनगर गाउँपालिकाको समन्वयमा समावेसी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत महिला पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि गर्न उक्त तालिम प्रदान गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षक संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

श्री ठगा प्राणबिहारी प्रा.वि पोखरिया, चन्द«नगर–४, को प्रांगनमा सुरु गरिएको तालिमको उद्घाटन मंगलवार चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले गर्नु भएको थियो ।तालिमको सहजीकरण चन्द्रनगर गाउँपालिका शिक्षा प्रमुख कमला बस्नेतले गर्नु भएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ अध्यक्ष महतोले आफुले गाउँपालिकाको सम्पूर्ण विद्यालयको शिक्षा स्तर राम्रो भएको देख्न चाहेको बताउनुभयो । आफनो कार्यकालमा गाउँपालिकाको सम्पूर्ण विद्यालयलाई राम्रो बनाउन प्रयास गर्ने अध्यक्ष महतोले बताउनुभयो । यसैगरी अध्यक्ष महतोले महिला पदाधिकारीहरुलाई विद्यालयलाई राम्रो बनाउन विद्यालय व्यवस्थापन समिति तथा शिक्षक माथि निगरानी राख्न आग्रह गर्नुभयो ।

यसैगरी चन्द्रनगर गाउँपालिकाको सभा हाँलमा समावेशी शिक्षा, बाल संरक्षण र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी सरोकारवालाहरूलाई क्षमता अभिवृद्धि तालिम आइतवार र सोमवार गरी दुई दिन गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले जनाएको छ ।
तालिमको अध्यक्षता चन्द्रनगर गाउँपालिकाको उपाध्यक्ष गिता देवी महतोले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.