१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
गोडैतामा चिसोबाट प्रभावित ५ सय जनालाई न्यानो कम्बल वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

गोडैतामा चिसोबाट प्रभावित ५ सय जनालाई न्यानो कम्बल वितरण

सर्लाही,२८ पुष । सर्लाहीको गोडैता नगरपालिकामा चिसो बाट प्रभावित ५ सय जनालाई न्यानो कम्बल वितरण गरिएको छ । बिहिबार सेभ द चिल्ड्रेनको सहयोग तथा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाको सहकार्यमा संचालित समुन्नति परियोजना अन्तर्गत चिसोबाट प्रभावित गरिब तथा विपन्न समुदायका ५ सय घर परिवारलाई कम्बल वितरण गरिएको छ।

केही दिन यता लगातारको शितलहरबाट गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा केन्द्रले न्यानो कम्बल वितरण गरेको छ । गोडैता नगरपालिका वडा नं. ४,५,७,८,१० र ११ गरी ५ जनालाई कम्बल वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।

राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाकी अध्यक्ष गायत्री देवी महतोको अध्यक्षतामा एक कार्यक्रमको बिच कम्बल वितरण गरिएको हो। चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ बाँकी रहेका वडाहरुमा पनि विपन्न परिवारको तथ्याङ्क संकलन गरेर गोडैता नगरपालिका सँगको समन्वयमा न्यानो कम्बल वितरण कार्यलाई निरन्तर दिने योजना रहेको अध्यक्ष महतोले बताए ।बढ्दो शितलहरमा न्यानो कम्बल पाएपछि पिडितहरुले राहतको महसुस गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.