१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पटेर्वाका मुसहर बस्तीका १ सय ५१ जनालाई न्यानो ज्याकेट वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

पटेर्वाका मुसहर बस्तीका १ सय ५१ जनालाई न्यानो ज्याकेट वितरण

सर्लाही,२८ पुष । सर्लाहीमा चिसो दिनप्रतिदिन बढदै गइरहेको छ । जाडो मौसममा कठ्याङ्ग्रिँदो चिसोले खास गरी दलित बस्तीका बालबालिकाहरु लगायत अन्य व्यक्ति पनि प्रभावित बनेको छ ।

यसैक्रममा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले बिहिबार चक्रघट्टा गाउँपालिकाका वडा नं. ७ पटेर्वाका मुसहर बस्तीका बालबालिका लगायत अन्य व्यक्तिलाई चिसो बाट जोगाउन न्यानो ज्याकेट वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको रोहवरमा न्यानो ज्याकेट वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

ज्याकेट वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख नरेश राज सुवेदी,सशस्त्र प्रहरी सर्लाहीका प्रमुख भरत खनिया, नेपाल पत्रकार महासंघ सर्लाहीका सचिव सुनिल ठाकुर लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यस अघि पनि  जिल्ला विपद् व्यवस्थापन समितिले चन्द्रनगर गाउँपालिकाको कामदमा १ सय ५० मुसहर बालबालिकाहरुलाई जाडो बाट जोगाउन पातलो ज्याकेट वितरण गरेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवाले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.