
सर्लाही, माघ ५ गते ।। लायन्स क्लब अफ लालबन्दी सेन्चुरी र लालबन्दी सिटिले लालबन्दी नगरपालिकाको ६ ओटा वडाका १२० घरधुरीलाई ब्लांकेट वितरण गरेको छ ।
जाडोमा न्यानो होस भन्ने उदेश्यका साथ लालबन्दी नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८, १३ र १५ को विभिन्न वस्तीका विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरिएको लायन्स क्लव अफ लालबन्दी सेन्चुरीले जनाएको छ ।
लायन्सको जोन चियर पर्सन लायन गोपाल बहादुर श्रेष्ठको अध्यक्षतामा पास्ट प्रेसिडेन्ट साकार शर्मा, वर्तमान प्रेसिडेन्ट सुशील दाहाल, त्यसैगरी सिटिका प्रेसिडेन्ट चिरञ्जीवी खतिवडा लगाएत लायन्स क्लबका पदाधिकारी सदस्यहरुको सहभागीतामा विपन्न परिवारलाई ब्लांकेट वितरण गरिएको लायन्स क्लव अफ सेन्चुरीको उपाध्यक्ष मोहन राउतले जानकारी दिए ।