१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्वास्थ्य विमा दर्ता सहयोगीको क्षमता अभिवृद्धि तालिम सम्पन्न – Nigrani Today
अर्थ वाणिज्यताजा खबरशिक्षा स्वास्थ्यसमाचार

स्वास्थ्य विमा दर्ता सहयोगीको क्षमता अभिवृद्धि तालिम सम्पन्न

प्रेमनाथ पौडेल, मलंगवा
जेष्ठ १४ । सर्लाहीको मंलंगवामा स्वास्थ्य विमा दर्ता सहयोगी आधारभुत तथा क्षमता अभिवृद्धि पुनःताजगी तालिम सम्पन्न भएको छ ।
‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मुल नाराका साथ मलंगवास्थित महेन्द्र होटलमा जेष्ठ ८ गतेबाट शुरु भएको तालिम आईतबार सम्पन्न भएको हो ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत नेपाल सरकारले नागरिकको स्वास्थ्य उपचारमा भार नपरोस भन्ने उद्देश्यका साथ स्वास्थ्य बिमा कार्यक्रम सर्लाहीसहित ७७ वटै जिल्लामा संचालन गरेको छ ।


सर्लाहीमा २०७७ सालबाटै स्वास्थ्य बिमा कार्यक्रम लागु भए पनि स्वास्थ्य बिमा प्रति नागरिकको अझै पहुँच पुग्न सकेको छैन ।
यसैबिच प्रत्येक नागरिक माझ कसरी स्वास्थ्य बिमाको बारेमा जानकारी पुर्याउन सकिन्छ र नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउन सकिन्छ भनेर नयाँ र पुराना बिमा गराउने दर्ता सहयोगिको लागि तिन चरणमा सकिने गरि बिमा बोर्ड मधेश प्रदेशको आयोजना र बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालय सर्लाहीको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।
तालिममा प्रदेश संयोजक मनोज पौडेल, धनुषा जिल्ला सम्पर्क कार्यालयका संयोजक ललित कुमार साह, सर्लाही संयोजक रन्जित कुमार रायले स्वास्थ्य बिमाको आबश्यक्ता, सर्लाही जिल्लामा स्वास्थ्य बिमाको अबस्था स्वास्थ्य बिमा गराउँदा अपनाउनु पर्ने कुरा, आबश्यक कागजपत्र स्वास्थ्य बिमा बोर्ड नेपाल सरकारले लिएको निति नियमका साथै स्वास्थ्य बिमा एप मार्फत कसरी गर्ने लागायतको बारेमा प्रशिक्षण दिनु भएको कार्यक्रममा सहभागि हरिवन नगरपालिका वडा नम्बर ४ की दर्ता सहयोगि बिधा पौडेलले बताउनुभयो ।
स्वास्थ्य बिमा गर्दा एक परिवारमा रु पैतिस सय तिर्दा एक लाख सम्मको स्वास्थ्य उपचारका साथै ११ सय ९ प्रकार का निःशुल्क औषधि, अस्पताल भर्ना, बेड चार्ज, जुनसुकै रोगको रगत जाँच, एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान, अप्रेसन लगायतको बिमाबाट पाँच जनासम्मले लिन सक्ने ब्यबस्था गरेको छ ।
त्यस्तै प्रत्येक नागरिकको स्वास्थ्य बिमा गराई स्वास्थ्य बिमामा नागरिकलाई आबद्ध गराउन प्रत्येक वडा–वडामा एक÷एक जना दर्ता सहयोगि छनौट गरि बिमा गराउने काम स्वास्थ्य बिमा बोर्डले गरिरहेको छ ।
लामो समयदेखि बिमाबोर्डले दर्ता सहयोगिको लागि तालिम गोष्ठी लगायतको काम गर्न नसक्दा काम गर्नको लागि नियुक्त भएका दर्ता सहयोगी समेत निष्क्रिय रहँदा लक्ष्य अनुसारको स्वास्थ्य बिमा हुन सकि रहेको थिएन ।
सर्लाहीका २० वटा स्थानीय तहमा रहेका २ सय जना दर्ता सहयोगि मार्फत नागरिकको स्वास्थ्य बिमा गराइने काम गरि रहेको छ । बिमा गर्दा सामान्य परिवारको पाँच जना सम्म तिन हजार पाच सय लाग्ने भए पनि जेष्ठ नागरिक ७० बर्ष पार गरेका, पुर्ण अपाङ्ग रातोकार्ड प्राप्त गरेका परिवार, कुष्ठरोग प्रभाबित परिवार, एचआईभि रोग प्रभाबित परिवार, कालो टिभि क्षयरोग लागेका र राज्यले तोकेको अतिबिपन्न परिवारको लागि भने बिमाले नेपाल सरकारबाट रकम लिने गरि निःशुल्क रुपमा बिमा गरि दिने ब्यबस्था गरेको प्रदेश संयोजक पौडेल बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.