१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गणतन्त्र दिवस : पहिलो पटक ईश्वरपुरमा विभिन्न कार्यक्रम गरी मनाईयो – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचार

गणतन्त्र दिवस : पहिलो पटक ईश्वरपुरमा विभिन्न कार्यक्रम गरी मनाईयो

सोम दियाली, बयलवास ।
जेष्ठ १५ । नेपालमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएको १६ वर्ष पूरा भएको छ । नेपालमा वि.स. २०६५ साल जेष्ठ १५ गते आजकै दिन राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको थियो ।
१७औं गणतन्त्र दिवसको अवसरमा आज सर्लाहीमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी भव्यरुपमा गणतन्त्र दिवस मनाइएको छ ।
हरेक वर्ष सदरमुकाममा दिवस मनाउने परम्परालाई तोड्दै यसपटक ईश्वरपुर नगरपालिकामा दिवस मनाइएको छ । ईश्वरपुर नगरपालिकाको समन्वयमा योग विज्ञान शिविर, प्रभातफेरी, निःशुल्क स्वास्थ्य शिविर, वृक्षारोपण लगायतका कार्यक्रमहरुको आयोजना गरी यस पटकको गणतन्त्र दिवस ईश्वरपुरमा मनाइएको हो ।
दिवसको अवसरमा आज विहानै ईश्वरपुर ६ स्थित नारायण जनता मावि केशरगञ्जको प्राङ्गणमा पाँच दिवसीय योग विज्ञान शिविरको शुभारम्भ गरिएको थियो । ईश्वरपुर नरपालिकाका मेयर मनोज कुमार आचार्यको अध्यक्षतामा पतञ्जली योगपिठ नेपालका केन्द्रीय प्रभारी बरिष्ठ प्रशिक्षक लबदेव मिश्रले योग सिकाउनु भएको थियो ।


गरौं योग, रहौं निरोग भन्ने मूल नारासहित सुरु भएको योग विज्ञान शिविरमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह, प्रमुख जिल्लाअधिकारी कोमलप्रसाद धमलासहितका जिल्लाका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
योग विज्ञान शिविरको उद्घाटन समारोह लगतै जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सर्वसाधारणसहितले प्रभातफेरी ¥याली निकालेका थिए । बयलवास बजारको परिक्रमा गर्दै प्रभातफेरी ¥याली पुनः सोही ठाउँमा पुगेर सभामा परिणत भएको थियो ।
गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका सभापति कौशल किशोर सिंहको अध्यक्षतामा भएको भव्य गणतन्त्र दिवस समारोहको उद्घाटन झण्डात्तोलन गरेर गरिएको थियो । त्यसपछि समितिका सदस्यसचिव एवम् प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले गणतन्त्र दिवसको शुभकामना दिनुभएको थियो ।


उहाँले गणतन्त्र भनेको उत्कृष्ट शासन व्यवस्था भएकोले गणतन्त्रमा जनताका छोराछोरी नेतृत्व तहमा पुग्ने बताउनुभयो । नेपालमा गणतन्त्र कार्यान्वयनकै चरणमा रहेकोले केही त्रुटीहरु देखिएपनि यो भन्दा उत्कृष्ट व्यवस्था अर्को नभएको बताउनुभयो । सो क्रममा उहाँले योगको महत्वको विषयमा पनि बोल्नुभएको थियो ।
त्यस्तै ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले ईश्वपुर नगरपालिका पहिलोपटक जिल्लास्तरको गणतन्त्र दिवस मनाउन पाउँदा निकै खुशि लागेको बताउनुभयो । उहाँले यहाँ गणतन्त्र दिवसका अवसरमा योग विज्ञान शिविर लगायतका कार्यक्रमको आयोजना गर्ने अवसर प्रदान गरेकोप्रति गणतन्त्र दिवस मूल समारोहसमितिलाई धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा विभिन्न भेषभूषा झल्कने थारु नृत्य, मुस्लिम नृत्य प्रस्तुत गरिएको थियो ।


गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमको समापनपछि जिल्लाका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा ईश्वरपुर ६ स्थित नगर अस्पतालमा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरिएको थियो ।
स्वास्थ शिविर विशेषगरी महिला दिदीवहिनीहरुप्रति लक्षित गरिएको मेयर आचार्यले बताउनुभयो । आङ्ग खस्ने अर्थात् धेरै महिला दिदीबहिनी पाठेघर सम्बन्धी समस्याबाट पिडित रहेको पाएकोले उहाँहरुको लागि निःशुल्क शिविरको आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँले हेल्पिङ्ग ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टको सहयोगमा शिविर सञ्चालनमा समन्वय गर्ने स्थानीय समाज विकास केन्द्रलाई धन्यवाद दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.